November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना विरुद्ध सबै एकजुट भएर लड्न देउवा र दाहालको शुभकामना सन्देश

1 min read

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा विभिन्न दलका नेताहरुका पनि शुभकामना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् ।

उनले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गरेका छन् ।

यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ हरसम्भव सघाइरहेको बताएका छन् ।

उनले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकामा जोड दिँदै लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न सबैमा आग्रह गरेका छन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ को अबसरमा शुभकामना सन्देश जारी गर्दै उच्च मनोबल र सकारात्मक सोचका साथ कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले कोभिड—१९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने बताएकी छन् ।

कोरोनाभाइरस सिर्जित यस विपत साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको विश्वास व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको ‘लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै नयाँ वर्षले दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा आलीले नयाँ वर्षको शुभकामना सन्देशमा कोरोना भाइरसको महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कामना गरेका छन् ।

उनले भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको भन्दै एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु– कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा सचेत हुनुपर्छ भनेका छन् ।

प्रधानमन्त्री ओलीले स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य रहेकोमा जोड दिए ।

शुभकामना सन्देशमा उनले सङ्कटको यस बेला सिङ्गो राष्ट्र एकताबद्ध छ भन्दै सबै राजनीतिक दलबाट प्राप्त साथ, समर्थन र रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुने भन्दै यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महामारी विरुद्धको नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.