November 28, 2021

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन चिकित्सकको सुझाव

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक यहि फागुन २१ गते मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिहरनुभएका प्रधानमन्त्री ओलीलाई साँझ डिस्चार्ज गरिएको हो ।

डिस्चाजैपछि प्रधानमन्त्री ओली सिधै सरकारी निवास बालुवाटार फर्किनुभएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डाक्टर प्रेमकृष्ण खड्गाले बताउनुभयो ।

अस्पतालबाट बाहिरिने क्रममा उहाँलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले हाँसेर हात हल्लाएर सबैलाई धन्यवाद भन्नुभयो ।

सामान्य त एक सातामा नै फलोअपका लागि अस्पताल आउनुपर्ने हो तर अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख डाक्टर दिव्या सिंह शाह आफैं प्रधानमन्त्रीको निजी चिकित्सक हुनुहुन्छ र ओली बालुवाटारमा नै चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रहनुहुने छ ।

विषेश इन्भेस्टिगेसन गर्नुपर्ने भए मात्र प्रधानमन्त्री अस्पताल आउनसक्ने डाक्टर खड्गाले बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले बालुवाटारमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रहँदा आवश्यक सतर्कताका साथ नियमित काम गर्न सक्नुहुने चिकित्सकले बताएका छन् ।

तर तत्काल नियमित भेटघाट र बाहिर हिँडडुल गर्न मिल्दैन । उपचारमा संलग्न डाक्टर उत्तम शर्माका अनुसार बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा उहाँलाई संक्रमणको जोखिम हुने छ ।

यस्तै उहाँलाई मृगौला दिनुभएकी भान्जी समीक्षा संग्रौलाभने २८ गते अस्पतालबाट डिस्चार्ज भइसक्नुभएको छ ।

डिस्चार्जपछि प्रधानमन्त्रीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको उहाँका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । गत बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शुक्रबार प्रधानमन्त्री डिस्चार्ज भई बालुवाटार निवास फर्केपछि पत्रकारसँग कुरा गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले उपचार खर्च पुरै हिसाब गरि नसके पनि ५ देखि ६ लाख लागेको बताउनुभयो ।

अब प्रधानमन्त्रीको स्वास्थ्यको रेखदेख निजी चिकित्सक र नर्सहरुले बालुवाटारमै गर्ने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.