November 29, 2021

Halkhabar kura

Entertainment Site

सुन्दै अचम्म : अदालतमा मुद्दा चल्यो अनि मुद्दा जित्यो हाँसको बथानले

1 min read

संसार अचम्मै अचम्मका किस्साले भरिएको छ। यस्तै एउटा किस्सा भएको छ फ्रान्सको दक्षिण–पश्चिमी नगर डाक्समा हाँसहरूले मुद्दा जितेका छन्। फ्रान्सका कृषक डोमिनिक डाउथका पाँच दर्जन हाँसका पक्षमा अदालतले फैसला सुनाएको हो ।

पाइरेनेस हिम शृंखलाको काखमा रहेको अति नै सुन्दर डाक्स नगरमा डोमिनिकले हाँस को बथान पालेकी छिन्। एक वर्षअघि राजधानी पेरिसनिवासी एक जना धनाढ्य व्यक्तिले डोमिनिकको घरनजिकै अलिकति जमिन किनेर आफ्नो नाम मा गरेका थिए।

केहि दिन ति धनाड्य त्यो ठाउँ मा बसेपछि हाँस कराएर बसिटिक्न नसकेको भन्दै ती धनाढ्यले अदालतमा मुद्दा चलाएका थिए। उनका वकिलले अदालतमा हाँसहरू कराएको आवाजले आफ्नो पक्षको मान्छेको दिनचर्या नै बिथोलिदिएको र शान्तले एकैछिन बस्न पनि नसकेको बताएका थिए।

‘हाँसको क्वाक–क्वाकले मेरो क्लाइन्टलाई सास्ती भएको छ,’ उनले अदालतलाइ उदृत गर्दै भनेका थिए, ‘उनी न बगैँचामा आनन्दले आराम गर्न सक्छन् र झ्याल खोलेर एकछिन सुत्न नै सक्छन्।’

वादी धनाढ्यले किसान डोमिनिकले हाँस पाल्न तत्काल छोड्नुपर्ने र जरिवाना सहित ३५ सय युरो हर्जाना तिर्नुपर्ने माग राखेका थिए। तर, अदालतले डोमिनिकका हाँसहरूको पक्षमा फैसला गरेको छ र ती धनाढ्यलाई ठुलो लोप्पा खुवाइदिएको छ। ति धनाड्य भंभानौदै अदालत बाट बाहिरिएका थिए । हाँसहरूको आवाजविरुद्ध मुद्दा हाल्ने धनाढ्यको परिचय भने खुलाइएको छैन।

किसान डोमिनिक भने अदालतको फैसलापछि असाध्यै खुशी भएकी छिन्। ‘मेरा हाँसले आज मुद्दा जितेका छन्,’ उनले प्रसिद्ध समाचार संस्था ‘रोयटर्स’सँग भनिन्, ‘म असाध्यै खुशी भएकी छु।

अब मैले बिनाअवरोध हाँस पाल्न पाउने भएकी छु। कसैले म र मेरा हास लाइ पिरोल्ने छैन।मुद्दा हारेको भए मैले आफ्ना प्यारा हाँस बाध्यताले पनि मासु–व्यापारीलाई बेच्नुपथ्र्याे। मैले त्यत्रो माया र हेरचा गरेर पालेका हाँसको हत्या हुन्थ्यो।’

बिदा मनाउनका लागि ग्रामीण क्षेत्रमा फारम हाउस किन्ने शहरका धनाढ्यका कारण फ्रान्सको ग्रामीण जीवन नाकै नै प्रभावित भएको बताइन्छ। फ्रान्समा गाउँले र शहरियाबीच एक खालको द्वन्द्व सुरु भएको छ। गत सेप्टेम्बरमा मौरिस नामको कुखुराको भाले पाल्ने पनि किसानले जितेको मुद्दाले विश्वव्यापी रुपमा चर्चा पाएको थियो।यो हासको मुद्दा त्यसपछि को अर्को चर्चित मुद्दा हो।

शहरबाट गाउँमा बस्न आएका एक जना धनाढ्यले मौरिसले एकाबिहानै बासेर आफ्नो निद्रा सधै भंग गरिदिएको भन्दै किसानविरुद्ध मुद्दा हालेका थिए। अदालतले मौरिसको बास्न पाउने अधिकारको पक्षमा निर्णय गरेर ती धनाढ्यको सेखी झारिदिएको थियो। यो मुद्दा मा पनि आखिर हासको नै जित भएको छ। जनावर को बाच्न र बोल्न पाउने अधिकार मनिस स्वोसरा हुन्छ। कसैले पनि यसलाई रोक्न पाउदैन।

Leave a Reply

Your email address will not be published.