November 28, 2021

Halkhabar kura

Entertainment Site

कांग्रेस महामन्त्री कोइराला र आदित्यनाथ बीच नेपाललाई हिन्दू राष्ट्र बनाउनेबारे छलफल, भयो यस्तो सहमति !

1 min read

हिन्दू राष्ट्रको वकालत गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री एवं विपीपुत्र डा. शशांक कोइरालाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउस्थित मुख्यमन्त्री कार्यालयमा भएको भेटमा नेपाल भारत सम्बन्ध, हिन्दू राष्ट्र र नेपालको विकास तथा समृद्धिका विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा महामन्त्री कोइरालाले आफूलाई आमन्त्रण गरी न्यायो स्वागत गरेकोमा मुख्यमन्त्री योगीलाई धन्यवाद दिएका थिए । उनले नेपालको विकासको यात्रामा भारतको सहयोगको सराहाना गर्दै हिन्दू राष्ट्रको एजेण्डाबारे पनि छलफल गरेका थिए ।

शशांकले नेपाललाई राष्ट्रिय स्वतन्त्रतासहितको हिन्दू राष्ट्र बनाउनुपर्ने पक्षमा आफू रहेको र उपयुक्त समयमा जनमतसंग्रहमार्फत निर्णय लिइने जानकारी योगीलाई गराएका थिए ।

जवाफमा योगीले नेपाल विश्वका सय करोड हिन्दूको प्रतिनिधित्व गर्दै हिन्दू राष्ट्र बनोस भन्ने आफूहरुको शुभेच्छा रहेको र यो नेपाली जनताको अधिकारको कुरा भएको बताएका थिए । उनले हिन्दू राष्ट्र बने नेपाललाई नै फाइदा हुने सुझाव दिएका थिए । यसले नेपालको पर्यटनलाई समेत फाइदा पुग्ने उनको विचार थियो । योगीले नेपाल हिन्दू राष्ट्र हुनका लागि चाहिने जुनसुकै सहयोग भारतबाट हुने प्रतिबद्धता समेत जनाएका थिए । नेपालको विकासमा समेत भारतको निरन्तर सहयोग रहिरहने योगीको भनाई थियो ।

भेटपछि मुख्यमन्त्री योगीले महामन्त्री कोइरालालाई दोसल्ला ओडाएर मायाको चिनो दिँदै सम्मान गरेका थिए । योगीको न्यायो स्वागत तथा हिन्दू राष्ट्रका लागि समर्थन पाएपछि शशांक प्रफुल्लित मुद्रामा देखिएका छन् । हिन्दू राष्ट्रको मुद्दा उठाउने शशांकसँग भेट्दा योगी पनि खुसी देखिन्थे । यी दुई नेताबीचको भेट नेपालमा कति प्रभावकारी हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

आदित्यनाथ नेपाल हिन्दू राष्ट्र हुनुपर्ने मान्यता राख्दै आएका नेता हुन् । भारतीय जनता पार्टीका नेता समेत रहेका आदित्यनाथले बेला बेला हिन्दू राष्ट्रका लागि लबिङ समेत गर्ने गरेका छन् । नेपालमा हिन्दू राष्ट्रको एजेण्डा उठाउने व्यक्तिहरुलाई उनले बेला बेला लखनउ बोलाएर विचारविमर्श तथा सुझाव दिने गरेका छन् ।

यसअघि योगी आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएर सम्मान गरेका थिए । उनी नेपालीलाई आदर र माया गर्ने नेता समेत हुन् । उनको मुख्य जोड नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्नेमा रहेको छ ।

यता शशांक कोइराला पनि हिन्दू राष्ट्रको एजेण्डा बोक्दै अघि बढिरहेका छन् । उनी परिवर्तित अर्थात धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको पक्षमा देखिन्छन् । नेपाल बढ्दो धर्म परिवर्तन तथा भत्किँदो सामाजिक सद्भाव जोगाउन नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बेला आएको शशांकको विचार छ । यसका लागि उनी आगामी कांग्रेसको नेतृत्व लिने दाउमा समेत छन् । उदि उनी नेतृत्वमा आए भने हिन्दू राष्ट्रको एजेण्डा अघि बढ्न सक्छ ।

नेपाली कांग्रेसमा खुमबहादुर खड्कापछि हिन्दू राष्ट्रको मुद्दा उठाउने शीर्ष नेतामा शशांक अगाडि छन् । जनमतसंग्रहमार्फत यसको निर्णय लिनुपर्ने उनको मान्यता छ । धर्मनिरपेक्षता जबरजस्ती लादिएको भन्दै हिन्दू राष्ट्र वा धर्मनिरपेक्षताको फैसला प्रत्यक्ष जनताबाट गराउनुपर्ने उनको अभियान छ ।

-नेपालपाना बाट

Leave a Reply

Your email address will not be published.