October 28, 2021

Halkhabar kura

Entertainment Site

निषेधाज्ञा खोलेको दोश्रो दिन काठमाडौँ उपत्यकामा ७ सय ३० कोरोना सं’क्रमित

1 min read

कोरोनाबाट शुक्रबार हालसम्मकै बढी १ हजार ४ सय ५४ जनामा सं’क्रमण पुष्टि भएको छ । त्यसको करिब आधा संख्या त काठमाडौं उपत्यकाकै छन् । तीन साताको निषेधाज्ञापछि पनि उपत्यकामा को’भिड सं’क्रमणमा कमी आएको छैन ।

शुक्रबारको नतिजाअनुसार मुलुकमा सय जनाको परीक्षण गर्दा करिब १४ जनामा को’भिड संक्रमण देखिएको छ । सं’क्रमणको दर १३.५८ प्रतिशत छ । यसअघि यो दर ६.३२ प्रतिशत थियो । शुक्रबार देखिएका सं’क्रमितमध्ये करिब ३२ प्रतिशत महिला छन् ।

‘शुक्रबार साँझसम्म उपत्यकामा कोभिड संक्रमितको संख्या ७३० पुगेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने । यसअघि स्वास्थ्य मन्त्रालयको दिउँसो ४ बजेको को’भिड अपडेटमा उपत्यकामा नयाँ सं’क्रमितको संख्या ६९६ पुगेको जानकारी दिइएको थियो । उपत्यकामा गत बिहीबार ६३०, बुधबार ५०३ र मंगलबार ४४० जनामा को’भिड सं’क्रमण देखिएको जानकारी दिँदै कोइरालाले भने, ‘केही दिनयता उपत्यकामा सं’क्रमितको संख्या बढ्दो छ ।’

पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा को’भिड सं’क्रमितको कुल संख्या १० हजार ७ सय १० पुगेको छ । काठमाडौं उपत्यकाका २० वटा अस्पतालमा १ हजार ६ सय ३९ जना कोभिड संक्रमित आइसोलेसनमा छन् भने ९४ जना आईसीयू र २२ जना भेन्टिलेटर गरी ११६ जना सघन उपचारमा छन् । मुलुकभरि सघन उपचारमा रहेकामध्ये ६० प्रतिशत उपत्यकामा छन् ।

Leave a Reply

Your email address will not be published.