October 19, 2021

Halkhabar kura

Entertainment Site

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

1 min read

वीरगञ्ज । वीरगञ्जमा भएको परीक्षणमा पर्सा र बाराका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा ३१५ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

पर्साका ९ र बाराका १४ जनामा संक्रमण देखिएको चौरसियाले बताए । नारायणी अस्पतालको क्वाटरमा बस्ने दुईजना, वीरगञ्ज हेल्थ केयर अस्पतालका दुईजनामा संक्रमण देखिएको हो ।

यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ का तीन, वष नम्बर १ का एकजना तथा सखुवा प्रसौनी गाउँपालिका २ का एक जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बाराको निजगढ नगरपालिकाका ८ जनामा संक्रमण देखिएको छ । ती मध्ये दुईजना ईलाका प्रहरी कार्यालय निजगढका रहेका छन् ।

यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर ४, ६ र ८ का एक–एक जना, वडा नम्बर ७ का तीनजनामा कोरोना संक्रमण भएको हो ।

Leave a Reply

Your email address will not be published.