May 25, 2022

Halkhabar kura

Entertainment Site

आज लगनगाँठोमा कसिदै आँचल र उदिप

1 min read

काठमाडौं । अभिनेत्री आँचल शर्मा आज वैवाहिक जीवनमा बाँधिदै छिन् । उनको वैवाहिक समारोह अहिले काठमाडांैमा चलिरहेको छ । उनले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् ।

आँचल र उदिपको विवाहमा दुबैतर्फका सिमित सदस्यको मात्र उपस्थिति रहेको बुझिएको छ । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह समेत आयोजना गरेका थिए । मेहेन्दी समारोहमा दुबैले एक अर्काको नाम आफ्नो हातमा लेखाएका थिए ।

बिवाह भोज भने उनीहरुले चैत्र १ मा आयोजना गर्दैछन् । एक वर्ष देखिको प्रेमलाई उनीहरुले आज विवाहमा परिणत गर्न लागेका हुन् ।आँचल पछिल्लो समय म्युजिक भिडियोको अलवा चलचित्रमा पनि बाक्लै देखिने अभिनेत्री हुन् ।

यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । आँचल र उदिपले चैत्र १ गते भने काठमाण्डौको एक पाँच तारे होटलमा बिहे भोजको आयोजना गरेका छन् ।

गतबर्षको दशैंमा भेट भएपछि नजिक भएका आँचल र उदिप १ बर्ष भन्दा लामो समय प्रेम सम्बन्धमा रहेर बिबाह बन्धनमा बाँधिन लागेका हुन् । आदिप जोडीलाई बैबाहिक जीवनको शुभकामना ।

Leave a Reply

Your email address will not be published.