November 28, 2021

Halkhabar kura

Entertainment Site

३ लाख घुस लेनदेनमा पत्नीको नाम जोडीए पछि योगेश भट्टराई बोले , भन्छन् ष’ड्य’न्त्र र खुराफातप्रति हामी सचेत छौ

1 min read

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नर्सिङ काउन्सिलमा नाम निकालिदिने भन्दै आफ्नो श्रीमतीको नाम जोडिएकोमा आपत्ति जनाएका छन् । भट्टराई पत्नी विन्दा घिमिरे नर्सिङ काउन्सिलकी रजिस्ट्रार हुन् ।

काउन्सिलकी सदस्य जिता बरालले एक नर्सलाई नाम निकालिदिने भन्दै तीन लाख रुपैयाँ घुस मागेको च्याट सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो ।जसमा उनले रजिस्ट्रार घिमिरेलाई एक लाख ५० हजार दिनुपर्ने भन्दै लेखेकी थिइन् । यही विषयलाई जोडेर समाचार आएपछि मन्त्री भट्टराईले आ’पत्ति जनाएका हुन् । उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन ।

सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । ष’ड्य’न्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चि’न्ता नलिनुहोला ।’
यस्तो छ च्याट
च्याटमा जिताले नै विन्दा घिमिरेसँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। च्याटमा जिताले कुरा गरेकी विद्यार्थी काउन्सिलको २४ औँ परिक्षाबाट उत्तिर्ण भएकी छिन । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने उल्लेख गर्दै तीन लाखमध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।

बरालले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकैपटक २ लख ५० हजार रुपैयाँ पठाएको च्याटबाट देखिन्छ ।

जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन् । जिता बराल भ्रष्टाचार विराेधी हाम्राे नेपाल हामी नेपालीकी सदस्य हुन् । उनलाई कारबाही गर्ने अभियान्ता ज्ञानेन्द्र शाहीले बताइसकेका छन्

Leave a Reply

Your email address will not be published.