November 28, 2021

Halkhabar kura

Entertainment Site

शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीको आवेदन

1 min read

काठमाडौं । शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो शैक्षिक सत्रका लागि अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारतर्फ इन्जिनियरिङ विषयमा स्वयंसेवक शिक्षक पठाउने निर्णयअनुसार ती शिक्षकले आवेदन दिएका हुन् ।

आवेदन दिने शिक्षकको संख्या १३ हजार ३ सय ५४ जना रहेका छन् । शिक्षक स्वयंसेवक छनोट समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षक छनोट गर्ने काम भइरहेको बताए ।

उहाँका अनुसार चैत तेस्रो साताबाट स्वयंसेवक शिक्षक खटाउने गरी तयारी भइरहेको छ । कतिपयले दुईवटा स्थानीय तहमा आवेदन फाराम भरेको भेटिएको बताउँदै उपमहानिर्देशक न्यौपानेले अहिले ती शिक्षकको एक पालिकामा मात्र नाम सिफारिस गर्ने काम भइरहेको बताए ।

समितिले आवेदकको नाम छनोट गरी स्थानीय तहको समन्वयमा स्वयंसेवक शिक्षक छनोट गर्नेछ । एक शैक्षिक सत्रका लागि यो वर्ष करिब १ हजार ५ सय स्वयंसेवक शिक्षक छनोट हुनेछन् ।

केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले करिब १५ करोड रुपियाँ बजेट व्यवस्थापन गर्न उक्त संख्यामा स्वयंसेवक शिक्षक छनोट गर्न लागेको जानकारी दिए । मन्त्रालयले पारित गरेको कार्यविधिको आधारमा शिक्षकलाई काममा खटाइनेछ ।

केन्द्रले ६ सय ४८ स्थानीय तहका लागि शिक्षक छनोट गर्न लागेको हो । उपत्यकाका १८ स्थानीय तहमध्ये ललितपुर महानगरपालिका र टोखा नगरपालिकामा मात्र स्वयंसेवक शिक्षक खटाइने भएको छ ।

अन्य स्थानीय तहमा पुल शिक्षक रहेको कारण स्वयंसेवक शिक्षक आवश्यक नरहेको श्रेष्ठको भनाइ छ । केन्द्रका अनुसार एक स्थानीय तहमा १० जनासम्म शिक्षकले रोजगारी पाउनेछन् ।

तीमध्ये पाँचथरको फिदिम, कटारीको चौदण्डी, महोत्तरीको बर्दिबास, नुवाकोटको विदुर, धादिङको नीलकण्ठ नगरपालिकामा बढी स्वयंसेवक शिक्षक परिचालन हुनेछन् । नेपाल समाचारपत्र

Leave a Reply

Your email address will not be published.