October 19, 2021

Halkhabar kura

Entertainment Site

हिन्दु धर्म र राजसंस्था फर्काउन खोज्नेहरु समाप्त हुन्छन् – मोहन विक्रम सिंह (भिडियो)

1 min read

जनताले हुदाँखाँदाको दुई/तिहाई बुहमत दिई बलियो बनाई दिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले दुई चिरामा विभाजन भएको छ ।

जसको नेतृत्व एउटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्काे पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । पार्टी विवाद समाधानको तहमा नपुगी संसद्लाई नमोट्ने अवस्थामा पुगेपछि नेकपाले विभाजनको रुप लिएको हो ।

त्यसपछिको अवस्थामा दुबै समुहले बढी भन्दा बढी कार्यकर्ता आफ्नो पल्लामा पारेर बलियो बन्ने होडमा छन् । जुन केन्द्रदेखि गाउँस्तरसम्म पुगेको छ ।

यसै बीच नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यसहित चार पार्टीले वर्तमान राज्यसत्ताकाविरुद्ध आन्दोलन गर्न संयुक्त मोर्चा घोषणा गरेका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै मुलुक संवैधानिक संकटबाट गुज्रिरहेको छ ।

नेकपाकै अर्को पक्ष सडक तताइरहेको छ भने प्रमुख प्रतिपक्षी मसिनो आवाजमा विरोध गरिरहेको छ । जसपालगायत दलको अस्तित्व त देखिएकै छैन ।

यही मेसोमा साना चार कम्युनिष्ट पार्टीले सरकारविरुद्ध आन्दोलन गर्न संयुक्त मोर्चा घोषणा गरेका छन् । जसमा सहभागी छन्, प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टी । मुलुकमा वैदेशिक साम्राज्यवादी र विस्तावादी शक्तिले नेपालमा चलखेल बढाइरहेकाले संघर्षमा उत्रिएको दाबी गरे ।

उनीहरू अहिलेको राजनीतिक व्यवस्थाले समस्याको समाधान नहुने बताउँछन् । उनीहरू अहिले गठन भएको मोर्चाले जनताको नयाँ राज्यसत्ताको नेतृत्व गर्ने दाबी समेत गर्छन् ।

मोर्चा गठनमा विप्लवनेतृत्वको नेकपाका प्रतिनिधि सहभागी थिएनन् ।

यहि राजनैतिक बिषयमा केन्द्रीत रहेर पुराना बामपन्थी नेता मोहनविक्रम सिंहसंग पत्रकार जीवराम भण्डारीसंग गरेको कुराकानी ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।