January 24, 2022

Halkhabar kura

Entertainment Site

यो वर्षको ‘प्रणय दिवस’ मा डेढ लाख फूलकाे कारोबार हुने अनुमान

1 min read

काठमाडौँ  । प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् ।

अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसोसियशन अफ् नेपाल ९फ्यान० का अध्यक्ष कुमार कसजुले उज्यालोलाई बताउनुभयो ।

गएको वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ ।

उहाँका अनुसार यो वर्ष विदेशबाट फूल आयातको दर पनि घटेको छ । गएको वर्ष एक लाख फूल नेपाल ल्याइएको भए पनि यो वर्ष त्योभन्दा कम आयात भएको उहाँले बताउनुभयो । बजारमा फूलको माग कम रहेकाले यो वर्ष गएको वर्षको तुलनामा कम परिणाममा फूल आयात गर्न लागिएको हो ।

यो पनि पढ्नुस,

यो समय प्रेमको समय हो । भ्यालेन्टाइन अर्थात प्रेम दिवस ‘वीक’ शुरु भइसकेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेनटाइन वीकमा आज  आज हग डे । प्रेम सप्ताहको अर्को एक महत्वपुर्ण दिन हग डे (अंकमाल दिवस) हो ।

अंकमाल न्यानो र आकर्षक भावना हो, जसले एकअर्कालाई आनन्दित बनाउछ । एउटा प्यारो अंकमालले जो कसैको दिन उज्वल बनाउन सक्छ । अंकमाल प्रेम र स्नेह व्यक्त गर्ने एक महत्त्वपूर्ण महसुस हो ।

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो ।

जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला रु प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षौ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ ।

Leave a Reply

Your email address will not be published.