May 25, 2022

Halkhabar kura

Entertainment Site

चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका सदस्यलाई विषेश तालिम दिइदै

1 min read

काठमाडौं ।  चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई विषेश तालिम दिइने भएको छ । स्वास्थ्य मन्त्रालयले आज तालिम दिदैछ ।

११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरूलाई तालिम दिनेछ ।

चालक दलका सदस्यहरूको नाम गोप्य राखिएको छ । त्यस्तै, भोलि विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ । सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ ।

जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मीलाई सोमबार डा. ओझाको टोलीले तालिम दिएको थियो ।

चीनमा रहेका नेपालीलाई स्वदेश ल्याएर १४ दिन भक्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ । रोग नलागेको पुष्टि भएपछि मात्रै घर पठाइनेछ ।

यो पनि पढ्नुस, कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई आउँदो फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमामा राखिने छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको बताउनुभयो ।

पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको जानकारी दिनुभएको छ । सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि लामो समयसम्म छलफल गरेपनि राख्ने ठाउँको टुंगो लगाउन नसक्दा उनीहरुलाई स्वदेश ल्याउने मिति तय गर्न सकेको थिएन ।

चीनबाट स्वदेश फर्काइने नेपालीहरुलाई सुरक्षित तवरले राख्ने व्यवस्था मिलाएसँगै उनीहरुलाई फागुन ३ गते नेपाली ल्याउने टुंगो लगाएको हो ।
चीनबाट स्वदेश फर्किनका लागि १ सय ८० जनाले स्वदेश फर्किनका लागि आवेदन दिइसकेका छन् । उनीहरुले आफूहरु चीनमा हालसम्म सुरक्षित रहेको भन्दै चाँडो भन्दा चाँडो नेपाल सरकारले गरोस् भन्ने आग्रह गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.