January 21, 2022

Halkhabar kura

Entertainment Site

रुघाखोकीका कारण सिन्धुपाल्चोकमा ८४ बिरामी, कोरोनाको आशंका

1 min read

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा एक हप्तामै ८४ जना बिरामी परेका छन् । जुगल गाउँपालिका ३ साविक गुम्बा गाविस वडा नम्बर ८ वस्तीमा रुघाखोकी र ज्वरोका कारण ८४ जना बिरामी परेका छन् ।

गाउँमा अत्यधिक ज्वरोले बिरामी पर्न थालेपछि कोरोना भाइरसको आशंका गरिएको छ । माघ २३ गतेबाट टाउको दुख्ने, ज्वरो आउने र रुघाखोकीको लक्षणका कारण हिजोसम्म बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईका अनुसार कोरोना जस्तो लक्षण मात्र भएकोले शंका गर्ने आधार नरहेको बताउनुभयो । जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधि र माक्स खरिद गरी पठाईसकेको चापागाईले बताउनुभयो ।

कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चिनसँग जोडिएका नाकाबाट आवतजावत अहिले बन्द भएकाले कोरोना नै हो भन्ने आधार नरहेको उहाँको भनाइ छ । बिरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ । गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले आफुहरु विषय विज्ञसँग नियमित संवादमा रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोध सहित पत्र पठाएको उल्लेख गर्नुभयो ।

यो पनि पढ्नुस, पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा गए राती भएको ट्याक्टर दुर्घटनामा चारको ज्यान गएको छ भने १५ जना घाईते भएका छन् ।

बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा यमसिहं सारु मगर, नरबहादुर सुस्लिगं मगर, नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना साँझ ८बजे तिर भएका पनि बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका स्थानीय शिक्षक भबिलाल रानामगरले बताउनुभयो । दुर्घटनामा घाईते भएकाहरु मध्ये दुइृको अबस्था गम्भीर रहेको र घाइतेको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.