November 29, 2021

Halkhabar kura

Entertainment Site

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन काँग्रेसको चेतावनी

1 min read

काठमाडौं । प्रतिपक्षी काँग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ । सूचना टाँसेर संसद बैठक आठ दिन सारिएपछि काँग्रेसले सरकार र सत्तारुढ दल नेकपालाई तत्काल निकासको मार्ग प्रसस्त गर्न सचेत गराएको हो । आज काँग्रेसले एक विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाएको छ ।

नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्म सूचना टाँसेर स्थगित गरिएपछि काँग्रेसको यस्तो प्रतिक्रिया आएको हो । शर्माले प्रतिनिधिसभालाई सत्तारुढ दलभित्रको विवादको छाया बनाएको आरोप लगाउनुभएको छ ।

यस्तै नेपाली कंग्रेसका सांसद गगन थापाले पनि ट्वीट गर्दै नेकपाभित्रको स्वार्थका कारण संसदलाई बन्धक बनाउनु निन्दनीय रहेको बताउँदै ट्वीट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.