November 28, 2021

Halkhabar kura

Entertainment Site

संसद बैठक आज पनि अन्यौलमा, उपसभामुखलाई राजीनामाको दवाव

1 min read

काठमाडौँ । सभामुखको उम्मेदवारको टुंगो नलाग्दा संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि अन्यौलमा परेको छ । पटक पटक बैठक बोलाउदै स्थगित हुदै आएकोमा आज पनि बैठक बस्ने वा नबस्ने बारेमा अन्यौलता नै रहेको संसद सचिवालय श्रोतले जनाएको छ ।

दिउसो एक बजे बस्ने तय भएको बैठक अन्यौलताका कारण संसद सचिवालयले बैठकको कार्यसूची समेत तयार पार्न सकेको छैन । सत्तारुढ दल नेकपाले बर्तमान सभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन दिएपनि उहाँले अटेर गर्दै आएकाले सभामुख चयनको विषय थप पेचिलो बनेको छ ।

नेकपाको सचिवालयको बैठकले उहाँलाई हिजो राजीनामा दिन निर्देशन दिएको हो । उहाँले भने निर्देशनका बारेमा आफुलाई औपचारिक जानकारी नभएको बताउनु भएको छ । उहाँले आफुलाई नै सभामुख बनाउने सर्तमा मात्रै राजीनामा दिन तयार हुने बताउदै आउनु भएको छ ।

नेकपा भित्रको तत्कालिन एमाले र तत्कालिन माओवादी पक्षले भने उहाँलाई नबनाई आफ्नो पक्षका नयाँ नेतालाई सभामुख बनाउनु पर्ने अडान नछाडेपनि सभामुखको उम्मेदवारको टुंगो नलागेको हो । अध्यक्ष ओली र दाहालले आ—आफ्नो पक्ष नछाडेका कारण लगातारका छलफल निष्कर्षविहिन हुदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.