October 17, 2021

Halkhabar kura

Entertainment Site

राजेशको पिडा- चाडै बिहे गर्ने योजनामा छु तर मलाई मन पराउने युवती कोही पनि छैन, म एक्लो भएँ (भिडियो)

1 min read

काठमाडौं आईतबार २७ असार ।

चर्चित गायक राजेशपायल राईले आफूले चाँडै विवाह गर्ने स्पष्ट पारेका छन् । उनले आफूलाई मन पराउने युवती अहिलेसम्म कोही पनि नभएको बताए ।

उनले भने,‘मलाई मन पराउने युवती कोही पनि छैन्, म एक्लो भएँ । मलाई अहिलेसम्म विवाहको प्रस्ताव अहिलेस्म्म आएको छैन् ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूसँग घुम्नको लागि पनि समय नभएको जिकिर गरे । बरु, उनले आफूलाई प्रेम प्रस्ताव भने थुप्रै आएको जनाए ।

उनले आफूलाई अहिले विवाहको लागि परिवारका सदस्यहरुले दबाब दिएको सुनाए । उनले आफू युवतीहरुको छनौटमा परेको व्यक्ति नभएको पनि बताए ।

हेर्नुहोस भिडियो

राजेशपायल राईको गुनासो : मलाई मन पराउने युवती कोही पनि छैन, म एक्लो भएँ