January 21, 2022

Halkhabar kura

Entertainment Site

समाजसेवी दिलीप थिंग दम्पतिद्वारा बुढानीलकण्ठ नगरपालिलाई ११ हजार १०० सहयोग प्रदान

1 min read

कोरोनाको विश्वब्यापी संकटले सबैलाई गम्भीर मोडमा ल्याएको छ । यो संकटसंग लड्न नेपाल सरकार र स्थानीय सरकार पनि कम्मर कसेर लागेका छन् ।

स्थानीय सरकारले पनि कोरोनासंग लड्न सकेको सहयोग गर्न सबैलाई आव्हान गरेको छ ।

यहि सामाजिक कर्तव्यलाई पुरा गरेका छन् युबा संघ नेपालका नेता तथा समाजसेवी दिलीप थिंग दम्पतिले बुढानीलकण्ठ नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय सहयोग हस्तान्तरण गरेर ।

संकटको बेला सहयोग गर्ने थिइ्ग दम्पतिलाई नगरपालिकाले धन्यबाद ज्ञापन गर्दै थप सहयोगको लागि सबैलाई अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published.