May 25, 2022

Halkhabar kura

Entertainment Site

भारतीय कमेडियन कपिल भन्छन्– ‘ छोरी पनि मलाई देखेर बोर भइसकिन्’

1 min read

नयाँ दिल्ली । लकडाउनले सबैलाई घरभित्र कैद गरिदिएको छ । सेलिब्रेटी पनि यसबाट अछुतो छैनन् । सबैजना लकडाउन छिट्टै हटोस् भन्ने चाहन्छन् ।

कमेडियन कपिल शर्मा पनि यही चाहन्छन्– ल-क-डा-उ-न छिट्टै खुलोस् अनि काममा जान पाइयोस् । एक अन्तर्वार्तामा कपिलले अहिलेको घरको माहोल र छोरीबारे पनि चर्चा गरेका छन् ।

लकडाउनको समय कपिल आफ्नो घरपरिवारसँग समय बिताइरहेका छन् । उनी आफ्नी तीन महिनाकी छोरी अनायरासँग दिनभर खेल्छन्, मस्ती गर्छन् । अब त अनायरा आफ्नो बुवा पनि चिन्न सक्ने भइसकिन् ।

कपिल भन्छन्– ‘आजकाल सारा दिन छोरीसँग खेल्छु । सुत्छु । खान्छु । यसरी नै बितिरहेको छ लकडाउन । बडो मुश्किलले रुटिन सही भएको थियो, अब फेरि परिवर्तन भयो । अब त छोरी पनि बोर भइसकिन् मलाई दिनभरी घरमा देखेर । उसलाई लाग्छ कि म केही पनि काम गर्दिन ।’

पहिले गिन्नी (कपिलकि श्रीमती) लाई देखेर मात्रै हाँस्ने छोरी अहिले भने कपिललाई पनि चिन्छिन्, खेल्छिन्, हाँस्छिन् । यो देखेर खुशी छन् कपिल । ‘छोरी मेरी आमा र म जस्तै गरी हाँस्छिन् । हाँस्दाखेरी हामी तीनै जनाको आँखा बन्द हुन्छ । राम्री चाहीँ आफ्नी आमा (गिन्नी) जस्तै छिन् ।

लकडाउनले सबैलाई घरभित्र कैद गरिदिएको छ । सेलिब्रेटी पनि यसबाट अछुतो छैनन् । सबैजना लकडाउन छिट्टै हटोस् भन्ने चाहन्छन् ।

कमेडियन कपिल शर्मा पनि यही चाहन्छन्– लकडाउन छिट्टै खुलोस् अनि काममा जान पाइयोस् । एक अन्तर्वार्तामा कपिलले अहिलेको घरको माहोल र छोरीबारे पनि चर्चा गरेका छन् ।

लकडाउनको समय कपिल आफ्नो घरपरिवारसँग समय बिताइरहेका छन् । उनी आफ्नी तीन महिनाकी छोरी अनायरासँग दिनभर खेल्छन्, मस्ती गर्छन् । अब त अनायरा आफ्नो बुवा पनि चिन्न सक्ने भइसकिन् ।

कपिल भन्छन्– ‘आजकाल सारा दिन छोरीसँग खेल्छु । सुत्छु । खान्छु । यसरी नै बितिरहेको छ लकडाउन । बडो मुश्किलले रुटिन सही भएको थियो, अब फेरि परिवर्तन भयो । अब त छोरी पनि बोर भइसकिन् मलाई दिनभरी घरमा देखेर । उसलाई लाग्छ कि म केही पनि काम गर्दिन ।’

पहिले गिन्नी (कपिलकि श्रीमती) लाई देखेर मात्रै हाँस्ने छोरी अहिले भने कपिललाई पनि चिन्छिन्, खेल्छिन्, हाँस्छिन् । यो देखेर खुशी छन् कपिल । ‘छोरी मेरी आमा र म जस्तै गरी हाँस्छिन् । हाँस्दाखेरी हामी तीनै जनाको आँखा बन्द हुन्छ । राम्री चाहीँ आफ्नी आमा (गिन्नी) जस्तै छिन् ।

Leave a Reply

Your email address will not be published.