November 28, 2021

Halkhabar kura

Entertainment Site

बेलायतकी स्वास्थ्य सहायक मन्त्रीलाई कोरोनाको संक्रमण

1 min read

एजेन्सी । बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्र्जभेटिभ पार्टीकी सांसद नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको छ । मन्त्री डोरीजले आफूमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् ।

उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य रहेको बिबिसीले जनाएको छ । बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको निधन भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक ८० वर्षका एक वृद्धको निधन भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।

यो पनि पढ्नुस,

कोरोनाभाइरस (कोभिड १९) को संक्रमण व्यापक फैलिएपछि इटालीले संकटकाल लागू गरेको छ । नियन्त्रणका लागि इटालीले संकटकाल घोषणा गर्दै ६ रोड मान्छेलाई क्वारेन्टाइनमा राखेको छ ।

सबै नागरिकलाई घरभित्रै क्वारेन्टाइनकै हैसियतमा सुरक्षित बस्न भनिएको वीवीसीले लेखेको छ । कोरोनाभाइरसको संक्रमणका कारण हिँडडुल गर्न समेत कडाइ गरेको छ ।

इटाली सरकारले नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन पनि आग्रह गरेको छ । इटालीमा मंगलबार बिहानसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ६३ पुगेको छ । चीनपछि इटाली सर्वाधिक कोरोनाभाइरसबाट सङ्क्रमित मुलुक बनेको छ ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गर्नु भएको छ।

विश्वभर हालसम्म करिब एक लाख १५ हजारमा संक्रमण देखिएकोमा ६४ हजार २ सय ७२ जना निको भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
युरोपियन देशहरुमा इटाली, फ्रान्स, स्पेन, जर्मनी, बेलायत, स्विजरल्यान्ड, स्वीडेन, नेदरल्यान्ड्स, बेल्जियम, नर्वेमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ भने निको हुनेको दर निकै कम छ ।

इटालीमा ९ हजार एक सय ७२ जना संक्रमित भएकामा चार सय ६३ जनाको ज्यान गएको छ । सात सय २४ जना निको भएका छन् । फ्रान्समा एक हजार चार सय १२ जनामा संक्रमण देखिएकामा ३० जनाले ज्यान गुमाएका छन् भने १२ जनामात्र निको भएका छन् । स्पेनमा एक हजार २ सय ३१ जनामा संक्रमण देखिएकामा ३० जनाको मृत्यु भएको छ भने ३२ जना निको भएका छन् ।

यसैबिच जर्मनीमा एक हजार २ सय २४ जनामा संक्रमण देखिएको छ । तीमध्ये २ जनाको ज्यान गएको छ भने १८ जना निको भएका छन् । स्विजरल्यान्डमा संक्रमित हुनेको संख्या तीन सय ७४ छ । २ जनाले ज्यान गुमाएका छन् भने ३ जना निको भएका छन् ।

उता बेलायतमा तीन सय २१ जनामा संक्रमण देखिएकामा पाँच जनाको मृत्यु र १८ जना निको भएका छन् । नेदरल्यान्ड्समा तीन सय २१ जना संक्रमित भेटिएकामा चार जनाको ज्यान गएको छ । कोही पनि निको भएका छैनन् । स्वीडेनमा २ सय ६१, बेल्जियममा २ सय ३९ र नर्वेमा २ सय २७ जना संक्रमित भेटिएकामा कोही पनि निको भएका छैनन् । तीनवटै देशमा एक एक जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार हालसम्म एक सय १५ भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अन्य थुप्रै युरोपेली देशमा कोरोना संक्रमित भेटिएका छन् । अमेरिकामा सात सय ८ जनामा संक्रमण देखिएकामा २७ जनाले ज्यान गुमाएका छन् । १५ जनामात्र निको भएका छन् । एसियाली देशमध्ये इरानमा ७ हजार एक सय ६१ संक्रमित भेटिएकामा दुई सय ३७ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा सात हजार पाँच सय १३ जना संक्रमित भेटिएका छन् । यीमध्ये ५४ जनाको ज्यान गएको छ भने दुई सय ४७ जना निको भएका छन् । यस्तै लगभग २ सय उत्तर कोरियाली सैनिकको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ ले प्रकाशित गरेको छ ।

डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो । रिपोर्टमा १ सय ८० सैनिकले जनवरीमा कोरोना संक्रमणबाट ज्यान गुमाएको उल्लेख छ । त्यस्तै ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनाको संक्रमण देखिएका ९० भन्दा बढी देशमा भने कसैको ज्यान गएको छैन । उता इरानको खुजेस्तान र अलब्रोज प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट बच्न विषाक्त मदिरा सेवनका कारण २७ जनाको मृत्यु भएको इरानी समाचार संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.