January 21, 2022

Halkhabar kura

Entertainment Site

राजनीतिक प्रतिसोधका आधारमा उपसभापतिलाई मुद्दा लगाएकाले संसद अवरुद्ध गर्नु परेको कांग्रेसको तर्क

1 min read

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजनीतिक प्रतिसोधका आधारमा पार्टी उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले संसद अवरुद्ध गर्नु परेको तर्क गरेको छ ।

आज प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर गच्छदारलाई मुद्दा लगाएकाले संसद अवरुद्ध गरेर विरोध गर्नुपरेको बताउनुभयो ।  आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन अख्तियारको ध्यानाकर्षण गराउँदै उहाँले यो मुद्दालाई राजनीतिक तबरबाट अगाडि बढाउने जानकारी दिनुभयो ।

अख्तियारलगायत संवैधानिक अंगहरु सरकारको प्रभावमा परेर कुनै गलत काम गर्नु हुन्न भन्ने सन्देश कांग्रेसले दिन खोजेको उहाँको भनाई छ । सचेतक भुसालले अख्तियारको कामलाई प्रमुख प्रतिपक्षी दलले नजिकबाट नियालिरहेको बताउनुभयो ।  आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठक अवरोध नगर्ने निर्णय गरेसँगै संसद बैठक सञ्चालनमा आएको हो ।

गच्छदारलाई भ्रष्टचार मुद्धा लगाएको विरोधमा कांग्रेसले तीन दिनसम्म संसद अवरुद्ध गरेको थियो भने उसको भ्रतृ संगठनहरुले प्रदर्शन गर्दै आएका छन् । यता नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा नराख्न माग गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बस्तिभन्दा बाहिर क्वारेन्टाइनमा राख्न माग गर्नुभयो ।
चीनमा कोरोना भाइरसको प्रकोप बढेपछि त्यहाँ संक्रमणबाट सुरक्षित रहेका विद्यार्थीलाई उद्धार गरेर भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा सरकारले राख्ने तयारी गरेपछि सुवालले विरोध जनाउनुभयो ।

सांसद सुवालको पार्टी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पनि चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई खरिपाटीमा राख्ने सरकारको निर्णयको यसअघिनै विरोध गरेका छन् ।  यता, विद्यार्थीका अभिभावकहरुले भने सो सांसदको सो विरोधमाथि आपत्ति जनाएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजनीतिक प्रतिसोधका आधारमा पार्टी उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले संसद अवरुद्ध गर्नु परेको तर्क गरेको छ ।

आज प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर गच्छदारलाई मुद्दा लगाएकाले संसद अवरुद्ध गरेर विरोध गर्नुपरेको बताउनुभयो ।  आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन अख्तियारको ध्यानाकर्षण गराउँदै उहाँले यो मुद्दालाई राजनीतिक तबरबाट अगाडि बढाउने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.