November 29, 2021

Halkhabar kura

Entertainment Site

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजपनि तीन खेल हुदै

1 min read

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि तीन खेल हुदैछन् । लिगको १२ औं चरणको खेल अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा दोस्रो स्थानको आर्मी र ब्रिगेड बिहान पौने ९ बजे सुरु हुनेछ । आर्मी ब्रिगेडलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ ।

११ खेलमा २६ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ । ब्रिगेडलाई हराउँन सके आर्मी मछिन्द्र क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने छ । उपाधि होड बलियो बनाउन पनि आर्मीलाई जित अत्यावश्यक रहेको छ । यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र एनआरटीबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छ । २० अङ्क जोडेको थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । एनआरटीलाई हराएर थ्री स्टार शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ ।

यता, एनआरटी पनि जित निकाल्दै शीर्ष ६ भित्र उक्लन चाहन्छ । १५ अङ्क जोडेको एनआरटी लिगको आठौं स्थानमा राजेको छ । आजै हुने नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको तेस्रो खेल दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।

आजको तीनवटै खेल ललितपुरस्थित सातदोबाटो एन्फा कम्प्लेक्समा हुनेछ । मनाङ बलियो प्रतिद्वन्द्वी पुलिसविरुद्ध जित निकाल्दै उपाधिको दाबेदार कायम राख्न चाहन्छ । २२ अङ्क जोडेको मनाङ तेस्रो स्थानमा रहेको छ ।

पुलिसलाई पराजित गर्न सके मनाङले शीर्ष दुई टोलीसँग अङ्क दुरी समेत घटाउने छ । लिगबाट सरस्वती युथ क्लब एक खेल अगाबै घटुवा भईसकेको छ । अब लिगको विजेता र शीर्ष ६ मा रहने टोलीको टुंगो लाग्न बाँकी रहेको छ । शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछ ।

हिजो सोमबार भएका खेलमा सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ । च्यासल युथ क्लबसँग २-१ ले पराजित हुँदै सरस्वती बी डिभिजनमा झरेको हो । नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहने सम्भावनालाई जिवितै राख्न च्यासललाई हराउनुपर्ने दवावमा रहेको सरस्वती पराजित भएपछि एक खेलअघि नै रेलिगेशनमा परेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा च्यासललाई जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए । सरस्वती रेलिगेशनमा परेसंगै ब्रिगेड ब्वाइज बीबीसी र सशस्त्र प्रहरीको एपिएफ सुरक्षित भएका छन् ।

१४ टोली सहभागी लिगबाट पुछारको एक टिममात्र रेलिगेशनमा पर्ने भएकाले अन्य क्लबहरु सुरक्षित भएका हुन् । २०६३ सालमा पहिलो पटक ए डिभिजन लिग खेलेको सरस्वती त्यसैवर्ष घटुवा भए पनि २०६८ साल यता ए डिभिजनमा थियो ।

यसैबीच उपाधिको दावेदार मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा पुगेको छ । सोमबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटा क्लबमाथि ३-१ को जित निकाल्दै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो ।

मच्छिन्द्रका लागि देवेन्द्र तामाङ्ग, विशाल राई र दीपक राईले एक एक गोल गरे । संकटाका मेसोउकेले सान्त्वना गोल फर्काए । जितले संकटाको १२ खेलबाट २८ अंक भएको छ । ११ खेलबाट २६ अंकको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । तेस्रो स्थानको साविक विजेता मनाङ्ग मस्र्याङ्दी क्लबको ११ खेलबाट २२ अंक छ ।

मनाङ्ग दुई खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ । मनाङ्गले बाँकी दुवै खेल जिते पनि मच्छिन्द्र र आर्मीबीच अन्तिम भिडन्त हुने भएकाले उपाधि मनाङ्गको भागमा पर्ने छैन । सोमबार भएको अर्को खेलमा सशस्त्र प्रहरीले फ्रेन्ड्स क्लबलाई ५-२ ले हरायो ।

सशस्त्रका लागि आशिष लामा र प्रविणकुमार स्याङतानले दुई दुई तथा कप्तान टोपबहादुर बिष्टले एक गोल थपे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल फर्काए ।

Leave a Reply

Your email address will not be published.