November 28, 2021

Halkhabar kura

Entertainment Site

भ्यालेन्टाइन ‘वीक’ आज प्रमिस डे यसरी मनाउनुस, गर्नुहोस् यी छ प्रमिस

1 min read

यो समय प्रेमको समय हो । भ्यालेन्टाइन अर्थात प्रेम दिवस ‘वीक’ शुरु भइसकेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेनटाइन वीकमा आज  प्रमिस डे । जुन दिन आफ्नो प्रियजनलाई ‘डल’ दिन सक्नुहुन्छ । आज कयौं प्रेमिल जोडी आफ्ना पार्टनरसँग विभिन्न कुरामा बाचा दिँदैछन्।प्रेममा रहेका जोडी आफ्नो जिन्दगीलाई अझ प्रगाढ बनाउन बाचा दिने गर्छन्।

सबैलाई थाहा छ, एउटा प्रेममय जिन्दगीका लागि सम्मान र समझदारी यी दुई कुरा नभइ हुँदैन।भनिन्छ, सधैं खुसी र सुखी हुन सकियो भने जिन्दगीको जुनसुकै मोडमा कुनै तगारो बनेर आउँदैन।

सधैं प्रेममा रहिरहनका लागि विश्वास र भावनाको कदरको आवश्यकता पर्छ।तपाई पनि आफ्नो जीवन प्रेममय बनाउन चाहनुहुन्छ भने यस्तो जीवनसाथी खोज्नुहोस्।जसले तपाईको भावनालाई बुझ्न सकोस्, सम्मान गरोस्, अन्तिम समयसम्म साथ देओस्।

यस्तै खोजिमा रहेका प्रेमिल जोडीलाई आफ्ना पार्टनरसम्बन्धी बुझ्न भ्यालेन्टाइन डेले केही राहत दिएको छ । प्रमिस डेमा आफ्नो जिन्दगीको रथलाई कसरी सुन्दर र प्रगाढ बनाउने बारे बाचा राख्न अवसर दिएको छ। यसको सही सदुपयोग गरी आफ्ना जीवन साथीलाई यस्ता कुराको बाचा दिनुहोस् जसले तपाईलाई तपाईका जीवनसाथीले जिन्दीगर संझिराख्न वाध्य बनाओस्।

म सधैं तपाईलाई माया गर्नेछु: सधैं जिन्गदीको यात्रा एकनासको हुँदैन।यसमा फेरबदल भइरहन्छ।कतिपय प्रेमिल जोडी यसको शिकार हुनपुग्छन्। जसले गर्दा उनीहरुको जिन्दगी नै फिक्का बनिदिन्छ।एकअर्काप्रति असमझारी र विश्वासघात बढ्दै गयो भने यसले जिन्दगीलाई नसोचेको ठाउँमा पुर्‍याइ दिन्छ। त्यसैले आजको दिन तपाई आफ्ना जीवनसाथीसँग जिन्गदीलाई प्राथमिकतामा दिन्छु भनेर वाँचा गर्नेहोस्।ताकी तपाईहरुबीच प्रेम अझ प्रगाढ बनोस्

कहिल्यै बदलिने छैन: कतिपय प्रेमजोडी एकातिर रिलेसनमा रहेका हुन्छन् भने अर्कोतिर दोस्रो पार्टनरको खोजिमा हुन्छन्।यसले गर्दा उनीहरुको प्रेम लामो समयसम्म टिक्न सक्दैन।त्यसैले आजकै दिन तपाई आफ्नो प्रेमी वा प्रेमिकासँग कहिल्यै नबदलिने बाचा गर्नुहोस्।जसले गर्दा तपाईको जोडीबीच सधैं माया प्रेम रहिरहोस्।

सधैं साथ दिनेछु: जीवनमा जस्तोसुकै परिस्थित आएपनि तिम्रो साथ कहिल्यै छोड्ने छैन।सधैं तिमीलाई साथ दिनेछु।

सल्लाहबिना कुनै कामको निर्णय लिने छैन: जिन्दगीमा कुनै पनि कुराको निर्णय गर्नुभन्दा पहिले आफ्नो जीवनसाथीसँग सल्लाह लिँदा निकै फाइदा हुन्छ।त्यसैले सानो होस् या ठूलो जुनसुकै निणर्य गर्दा तिम्रो सहमितबिना गर्ने छैन।

आमा बुबालाई सम्मान गर्नेछु: महिला होस् या पुरुषको अभिभावक वा उसको परिवारसँग अति नै माया हुन्छ।त्यसैले हरेक व्यक्ति यही चाहन्छ की उसको पार्टनरले आफ्नो अभिभावकलाई पनि माया गरिदेओस्, इज्जत गरिदेओस्।यसकारण यस प्रमिस डेमा आफ्नो पाट्नरलाई आफ्ना अभिभावकको इज्जत गर्नुपर्छ भनेर भन्न कन्चुस्याइ नगर्नुहोस्।

हरेक समयमा साथ दिनेछु: कतिपय मानिस खुसीको समयमा मात्रै साथ दिने गर्छन्। सानो अप्ठ्यरो पर्दा पनि आफ्नो जीवनसाथीलाई छोडिदिन्छन्। त्यसैले प्रमिस डेमा सुखमा मात्रै होइन दु:खमा पनि साथ दिन सक्नुपर्छ भनेर बाचा गर्नुहोस् गराउनुहोस्।

Leave a Reply

Your email address will not be published.