November 29, 2021

Halkhabar kura

Entertainment Site

सङ्गीतबाट निको हुन्छन् धेरै रोग

1 min read

काठमाडौं । सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो ।

बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन्, ‘‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ ।’’

उहाँले सङ्गीत चिकित्साको प्रयोगबाट टाउकाको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने जानकारी दिए । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ ।

सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर दुवै खाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने शाक्यले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।

यस्तै  पूर्व राजकुमार पारस शाह र युट्युवर सोनिका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै गसिप भइरहेका छन् । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि गसिप बन्न थालेको हो । साथै उनीहरुको केही ब्यवहारले पनि गसिपलाई मलजल दिएको छ ।

सोनिकाले पारससंग भएको गोप्य च्याट म्यासेज पनि सार्वजनिक गर्ने र अन्नपुर्ण वेस क्याम्प देखि पोखरासम्म उनीहरुको भ्रमणको भिडियोले पनि गसिप बन्न मद्यत गरेको छ । साथै उनीहरुको टिकटक भिडियोले पनि चर्चा पाएको हो । जब पारस शाह सोनीकाको क्लबको उदघाटनमा पुगे, यी दुई बिचको गसिप बन्न थाल्यो र जब पारसले सोनीकालाई लिएर मनाङ्ग सम्म घुम्न पुगे, धेरैले आ९आफ्नो तरिकाको अनुमान लाउन थाले ।

पारस शाहको पैसाको लागि सोनीका पछि लागेकी देखि सोनीकाले गर्दा पारस शाहले श्रीमती हिमानी शाहसंग डिभोर्स सम्म गर्ने हल्ला समेत सामाजिक संजालमा चल्न थाले । अहिले सामाजिक संजालमा पारस शाह र सोनीकाको लभ अफेयर चलिरहेको छ भन्ने गसिप चलिरहेको छ । यहि विषयमा पारसले भनेका पनि थिए कि हाम्रो सम्बन्ध भगवान जाने ।

सोनीका रोकायाले दुर्गेश थापासंग एउटा गितको भिडियोमा मोडलिङ्ग गरेकी छिन् । उक्त गितको शुटिङ्गको क्रममा सोनीकाले क्यानाडा नेपालसंग कुराकानी गर्दै पारस शाहसंग आफ्नो नाम जोडेर बदनाम गराउनेहरु माथि आफ्नो आक्रोश व्यक्त गरिन् । आफु सानै देखि दुख पिडा सहदै संघर्ष गर्दै यो स्थान सम्म आईपुगेको कुरा उनले स्पष्ट संग भनेकी छिन् ।

सोनीका रोकाया भन्छिन्, ‘म यो जाडोमा दुर्गेश थापासंग गितको भिडियोमा डान्स गरिरहेको छु र यो गर्नुको कारण पैसा कमाउन हो । यदि म पारस शाहको पैसाको लागि कुदेको भए यो जाडोमा किन यति दुख गर्थे होला रु पारसको पैसाको लागि सोनीकापछि परेको भन्नेहरुले पहिला मेरो ईतिहास बुझे राम्रो हुन्थ्यो । हुन त मलाई अरुले जे भनुन मतलब त छैन तर त्यस्ता अबुझ व्यक्तिहरुले हेरुन कि सोनीका पैसाको लागि अरुको पछि लाग्दैन बरु मेहेनत गरेर पैसा कमाउन सक्ने आँट भएकी केटि हो ।’

सोनीकाले अन्तर्वार्ताको क्रममा आफुले सधै आफ्नो खुशी गरेको र परिवारको सल्लाह सुझावलाई वास्ता नगर्दा केहि वर्ष अलमलमा परेको र होश उडाएको बताएकी छिन् । सोनीकाले उल्लेख गरे अनुसार आफु सधै आफै केहि गर्ने भन्दै सानै देखि लागेकाले केहि बाटो बिराए जस्तो महसुस गरेको र अहिले आफुलाई ति गल्तिहरुबाट सच्याउन थालेकी छिन् ।

Leave a Reply

Your email address will not be published.