January 24, 2022

Halkhabar kura

Entertainment Site

कस्तो रहला आजको मौसम, पानी पर्ने सम्भावना कति ?

1 min read

काठमाडाै । आज (शनिबार) नेपाली आकाशमा कुनै मौसमी प्रणाली नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केहि जिल्लामा बिहानै देखिएको हुस्सु तथा कुहिरो पनि क्रमश: घटेर जाने महाशाखाले जनाएको छ । दिउँसोको समयमा मौसममा आंशिक बदली भइ केहि ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

यही बदलीका कारण उच्च पहाडी जिल्ला तथा हिमाली जिल्लामा सामान्य हिमपातको सम्भावना पनि रहेको पौडेलले बताए ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २६ गते (शनिबार)

दिउँसो : मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २७ गते (आईतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पुस २८ गते (सोमबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका अधिकांश क्षेत्रमा शनिबार बिहानैदेखि बदली भएको छ भने हुस्सु पनि लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय मौसमी प्रणाली नरहेपछि देशभरका अधिकांश क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली भएको र बाक्लो हुस्सु लागेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा बलदी तथा हुस्सु लागेको छ । मध्याहन्नसम्ममा बादल र हुस्सु हटेर पहाडी क्षेत्रमा घाम लाग्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

तराईका सम्पूर्ण क्षेत्रमा हाल बदली र हुस्सु–कुहिरो लागेको छ । ती क्षेत्रमा भने बेलुकासम्म नै हुस्सु तथा कुहिरो रहने सम्भावना छ । आइतबारदेखि भने मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

दिउँसो : मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति : देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २७ गते (आईतबार) दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ । पुस २८ गते (सोमबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ । राति : देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

Leave a Reply

Your email address will not be published.