October 28, 2021

Halkhabar kura

Entertainment Site

सबैको लोकप्रिय हुलाक र सबैको प्यारो हुलाकी दाई कता हराए ? (भिडियो)

1 min read

३ असोज । प्रविधिको विकाससंगै अस्तित्व नै संकटमा परेको हुलाक सेवाको हालत नेपालमा झनै नाजुक बन्दै गएको छ । एक समय सबैको रोजाईको सरकारी कार्यालयमा पर्ने हुलाक अहिले अति कम मानिसलाई सेवा दिने संस्थाकोरुपमा खुम्चिएको छ ।

हुलाकको अस्तित्व अहिले टिकट, पार्सल र धनादेशलगायतमा सीमित भएपछि यस्को वास्तविक गुण हराएको छ । शुक्रबार ९ अक्टोबरका दिन विश्व हुलाक दिवस मनाइदै गर्दा काठमाडौंको चारखालमा रहेको गोश्वारा हुलाक लगभग सुनुसान थियो ।

प्रविधिको विकासले विश्वलाई एउटा गाउँमा सीमित बनाउँदै लगेपछि जमाना इमेल र म्यासेन्जरसहित दर्जनौ प्रयोगमा उक्लियो । यता कुरियरका लागि दर्जनौ राष्ट्रिय अन्तर्राष्ट्रिय वाहकहरु स्थापित भए । तर सबैका लागि लोकप्रिय हुलाक भने हराएको हराएकै भयो ।

नेपालमा सबै जिल्लामा जिल्ला हुलाक कार्यालय अझै पनि अस्तित्वमा छन् भने ३ हजार ९ सय भन्दा बढी शाखा छन् । तर कर्मचारीको काम भने घाम ताप्नु भन्दा अन्य छैन भन्दा पनि फरक नपर्ला ।

यद्धपि अझै देशभर हुलाकमा करिब १६ हजार कर्मचारी कार्यरत छन् । तर अहिले न हुलाकी दाईको बाटो पर्खिने गाउँघरमा कोही पनि भेटिदैनन् नत हुलाकको मञ्जुषामा चिठीपत्र खसाल्ने कोही भेटिन्छन् ।

यद्धपि गोश्वार हुलाक कार्यालयले मात्र बर्षको ३ करोडसम्मको हुलाक टिकट विक्रि गर्दै आएको छ । यस अलावा अन्य सरकारी कार्यालयको चिठीपत्रको ओहोरादोहोरको माध्यम अझै पनि हुलाक नै बन्दै आएको छ ।

तर प्रविधिको विकासमा आफुलाई नढाले हुलाक इतिहास नबल्ना भन्न सकिदैन । २ सय बर्ष अघिदेखि संस्थागतरुपमा विश्वभर सुरु भएको हुलाक सेवा अझै पनि धेरै देशमा उत्तिकै सक्रिय छन् । तर नेपालमा भने राज्यको उदासिनतासहित प्रविधिको कारण हुलाक सेवा निरन्तर पछि पर्दोछ ।

केही निजी विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई विदाको समयमा होमवर्क दिएर हुलाक मार्फत होमवर्क पठाउनु पर्ने व्यवस्था गर्दा हुलाकप्रति पछिल्लो पुस्तालाई जानकारी गराउने सकारात्मक कार्य भएको देखिएको छ । source news24

Leave a Reply

Your email address will not be published.