October 17, 2021

Halkhabar kura

Entertainment Site

गायिका नेहा कक्कडले प्रेमीको फोटो राख्दै सम्बन्ध खुलाइन्, बिहेको तयारी

1 min read

नयाँदिल्ली : गायिका नेहा कक्कडको विवाहको खबरले बलिउडको बजार पछिल्लो समय तातेको छ इन्डियन आइडल प्रतिस्पर्धाको क्रममा आदित्य झासँग उनको नाम जोडेर गस्सिप बनाइए पनि नेहा आफैँले भने गायक रोहनप्रित सिंहसँगको तस्बिर सार्वजनिक गर्दै धेरैलाई चकित तुल्याइदिएकी छन् ।

भारतीय मिडियाका अनुसार अचेल पन्जाबी गायक रोहनप्रितसँग नै उनको विवाहको खबर आउन थालेको छ । रोहनप्रितसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै नेहाले आफ्नो सम्बन्धबारे खुलेर लेखेकी छन् ।

नेहाले इन्स्टाग्राममा एक तस्बिर राख्दै उनले लेखेकी छन्, ‘तिमी मेरो हो’ । यस्तो क्याप्सनसहित नेहाले दुईजनाको नामबाट ‘नेहुप्रित’ ह्यास्ट्याग समेत गरेकी छन् । मिडियामा आएका खबर अनुसार नेहा र रोहनले दिल्लीमा आगामी अक्टोबर २४ मा विवाह गर्नेछन् । नेहा इन्डियन आइडलको जजसँगै बलिउडमा रुचाइएकी लोकप्रिय गायिका हुन् ।

Leave a Reply

Your email address will not be published.