October 17, 2021

Halkhabar kura

Entertainment Site

रोगसँग लड्ने कि समाजसँग ? पढेर प्रतिक्रिया दिनुहोस

1 min read

हाम्रो स्वास्थ्यको चि’न्ता गरी हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छौं । हामी घरको मूलढोकामा भित्रबाट चाबी लगाएर स्वःशिल भइसकेका छौं । हौसला दिनुको साँटो ‘कोरोना सं’क्रमितको घर’ भन्ने फ्लेक्स ब्यानरसहित एक झुण्ड समाजसेवी बिहान घरबाहिर आएको देख्दा अ’चम्मित छु । यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाति । तपाईंहरूका छिमेकी यस्ता नपरुन् । सामाजिक ब’हिष्कारको पी’डा अरूलाई नपरोस् । आत्मबल कमजोर भएकाहरू तिमीहरूका यस्ता हर्कतबाट नमरुन् ।’

चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेको यो स्टाटस शनिबार दिउँसो फेसबुकमा देखियो । चितवनको स्वाब परीक्षणमा बगाले र श्रीमतीलाई कोरोना सं’क्रमण पुष्टि भएको थियो । यो स्टाटसबाट थाहा हुन्छ कि, कोरोना सं’क्रमण भन्दा पनि भयावह सामाजिक सं’क्रमणको शिकार बगाले र उनको परिवार बन्न पुग्यो । डा. बगालेको घरमा समाजसेवीको पगरी गुथेर ब्यानरसहित पुग्ने झुण्ड स्थानीय जनप्रतिनिधि शिक्षकलगायतको थियो ? पदले बडा, सोचले गिरेका मान्छेको भीडले डाक्टर बगालेको आत्मसम्मानमा कसरी आघात पु-यायो ? स्टाटसमा प्रकट छ । स्टाटसमा टिप्पणी गर्दै पत्रकार रमेशचन्द्र बस्ताकोटी भन्छन्, ‘कहिले बदलिन्छ समाज ? कहिले हुन्छ सोचमा परिवर्तन ? सेवामा खट्दाखट्दै सं’क्रमित भएको डाक्टरमाथि यो हर्कत ? पटक्कै सुहाएन । बदलिऔं, जरुरी छ ।’

दिनहुँ सं’क्रमितको संख्या बढ्दो छ । मर्नेे पनि बढ्दै छन् । यो पनि सत्य हो कि सं’क्रमणमुक्त हुनेहरू दिनहुँ बढिरहेका छन् । तर, जति कोरोना सं’क्रमणको दर बढ्दै छ सामाजिक चे’तनाको स्तर साँघुरिँदै गएकाले मानवीयता मर्दै छ । संक्रमित, आफन्त, परिवार र उसको पेशाआबद्धलाई गरिने व्यवहारले हाम्रो पूर्वीय संस्कृतिको खिल्ली उडाइरहेको छ । को’रोना सं’क्रमितलाई समाजले जघन्य अपराधको हिस्सेदार, हत्याराजस्तो क’रार गर्न खोज्दै छ र सा’माजिक ब’हिष्कार गर्दै छ ।

साउन २८ गते बुधबार नै पूर्वी नवलपरासीको कावासोतीका पत्रकार सागर पोख्रेलको रिपोर्ट पोजिटिभ आयो । तत्काल रजहरस्थित प्राकृतिक चिकित्सालयको आइसोलेसनमा पुगे । तर, यता उनी कार्यरत रेडियो सामथ्र्यका अन्य पत्रकारमाथि समाजले यति भद्दा मजाक ग-यो कि पोखरेलले कोरोना सं’क्रमणभन्दा ठूलो पीडा महसुस गरे । रेडियोका प्रबन्ध निर्देशकलाई सं’क्रमण पुष्टि भएपछि अन्य कर्मचारीले कार्यालयमै क्वारेन्टाइनमा बस्ने र सूचना सम्प्रेषण नरोक्ने निर्णय गरेका थिए । त्यसका लागि पहिलो व्यवस्था खानाको गर्नुपर्ने थियो । संक्रमणको जो’खिम भएका कारण उनीहरू रेडियोबाट बाहिर निस्कन चाहन्नथे ।

साँझ परेपछि नजिकैका केही होटलमा फोन गरेर सुरक्षित खाना कार्यालयमै व्यवस्था गरिदिन विनम्रताका साथ अनुरोध गरे तर होटलवालाले खाना छैन र बनाउन सकिन्न भन्ने जवाफ दिए । समाजसमेत सुरक्षित होस् भनेर कार्यालयमै सुरक्षित बस्न खोजेका ती पत्रकारको अवस्था बुझे पनि वडाध्यक्षले सहयोग त गरे तर संक्रमित नहुँदा पनि होटलवालाले गरेको व्यवहार अ’मानवीय र खेदपूर्ण छ । आइसोलेसनमा रहेका पत्रकार पोखरेल भन्छन्, ‘कोरोनाको सं’क्रमण त केही दिनमा जितेर यहाँबाट निस्कनेछु तर त्यो समाज जसका लागि अहिलेसम्म निश्वार्थ भएर सूचना सम्प्रेषण गरेँ । उनीहरूसँग जुध्न, लड्न मलाई गाह्रो हुनेछ ।’ पोखरेललाई अहिले पनि संक्रमणयुक्त भन्दा सं’क्रमणमुक्त भएर निस्कँदा समाजले गर्ने अ’पराधीको जस्तो व्यवहारको चिन्ता लागेको छ । यस्ता सामाजिक व्यवहारले कोरोना सं’क्रमितलाई मानसिक रूपमा कमजोर बनाउँदै लैजान्छ ।

एक जनालाई कोरोना सं’क्रमण पुष्टि हुँदा रेडियोका अन्य सहकर्मी स’मस्यामा परे । यस्तो बेला पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ जिल्ला शाखाले कुनै भूमिका निर्वाह नगरेको गुनासो पोखरेलको छ ।

पूर्वसञ्चारकर्मी पूर्वी नवलपरासी गैँडाकोट नगरपालिकाकी सिर्जना न्युरे कोरोनाको म’हामारी शुरु हुनुपूर्व भारत गएर आएकी थिइन् । त्यसपछि काठमाडौं आइन् र लकडाउन शुरु हुनुअगावै फागुनमै घर गैँडाकोेट गइन् । तर, उनलाई स्थानीय प्रतिनिधि र भद्र भलाद्मीले भारतबाट आउनेको लिस्टमा नाम राखिदिएपछि मानसिक रूपमा त’नाव झेल्नुप-यो । लगत्तै भारतमै भएका बुवा नेपाल आउँदा, क्वारेन्टिनमा राख्दा र को’रोना पोजिटिभ देखिएपछि आइसोलेसनमा राख्दा परिवारले नै गम्भीर अ’पराध गरेजसरी अपहेलित हुनुपरेको आत्मवृत्तान्त सुनाइन् । ‘कोरोना संक्रमण देखिनु नै महाअपराध हो जसरी शिक्षित भनिएका व्यक्तिले व्यवहार गरेपछि मानसिक रूपमा असर पर्दोरहेछ’, उनले भनिन् ।

समाजमा यसरी नै कोरोना सं’क्रमित बहिष्कृत र अपहेलित हुँदै जाने हो भने भोलिका दिनमा हाम्रो सामाजिक संरचना, हाम्रो पूर्वीय संस्कृति कता जाला ? स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्रका व्यक्ति जो जोखिम मोलेर आमसर्वसाधारणको सेवामा अग्रपंक्तिमा रही काम गरिरहेका छन्, चेतना बाँडिरहेका छन् र स्वास्थ्य जाँच गर्ने, सुरक्षा प्रदान गर्ने काम गरिरहेका छन् । उनीहरू सं’क्रमित हुँदा समाजको हेर्ने दृष्टिकोण यस्तो छ भने आमसर्वसाधारण जो सं’क्रमित छन् उनीहरूको हालत झन् के भएको होला ? त्यो मेरो अन्दाजभन्दा बाहिरको कुरा हो ।

सामाजिक रूपमा कोरोना संक्रमित र उसको परिवारलाई गरिएको व्यवहारप्रति डा. कल्याण सापकोटा भन्छन्, ‘यो दरिद्र मानसिकता र कोभिड पोजिटिभलाई गर्ने सामाजिक अवहेलनाको उपचार के होला ?’ डाक्टर सापकोटाले भनेझैं नेपाली समाजको साँस्कृतिक विशेषता भनेको कोही अप्ठ्यारोमा पर्दा वा स’मस्यामा पर्दा रोगी र भोकै हुँदा निःस्वार्थ भावले सेवा गर्नु हो । विगतमा यसरी नै नेपाली समाजको चित्रण गरिने गरेको पनि हो ।

तर, यसपटक विश्वमै फैलिएको कोरोना भा’इरसको सं’क्रमण र यसबारे फैलाइएका केही धारणाले व्यक्ति–व्यक्तिबीचको दूरी बढाएको छ । र, सं’क्रमितप्रति गरिने व्यवहार अ’मानवीय र क्रुर हुँदै गइरहेको छ । नेपालमा भा’इरस सं’क्रमणको सुरुवाती चरणमा स्वास्थ्य क्षेत्रमा काम गर्ने र डेरामा बस्ने स्वास्थ्यकर्मी, नर्स डाक्टरहरूलाई डेराबाट निकाल्ने हर्कत गरिएका समाचार आएका थिए ।

– लक्ष्मी पौडेल
janaaastha

Leave a Reply

Your email address will not be published.