October 28, 2021

Halkhabar kura

Entertainment Site

लक्ष्मण थारूको दाबी – टीकापुर घटनाका दोषी राज्यले लाल आयोगको प्रतिवेदनसँगै लुकाएको छ (भिडियो)

1 min read

०७२ असोज ३ गते संविधान जारी भएपछि त्यो सर्वस्वीकार्य हुन सकेन।

काठमाडौंमा उत्सव चलिरहँदा मधेसी, आदिवासी, जनजाति, थारुलगायत समुदाय यसको विरोधमा उत्रियो। संविधान जारी हुनुभन्दा ठ्याक्कै एक महिनाअघि ०७२ को भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनमा ८ जनाको ज्यान गयो।

उक्त घटनापछि थरुहट थारुवान मुक्ति मोर्चाआबद्ध ५८ जनाविरुद्ध मुद्दा चल्यो। तीमध्ये केही जेलमा छन्, केहीले तारेख भोगिरहेका छन्, केही निर्दाेष साबित भएर छुटेका छन्।

घटनाका योजनाकार भन्दै उच्च अदालत दिपालयले कैद सजाय सुनाएका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारूसित नेपालखबरले गरेको कुराकानीः

तपाईंहरूको आन्दोलनको स्वरुप कस्तो हुन्छ?

हाम्रो आन्दोलनको सुरुवात र अन्त्य शान्तिपूर्ण नै हुन्छ। शासकले बन्दुकले दमन गर्छ। जनतालाई घात गर्ने प्रवृत्तिविरुद्ध नेपाली जनताले पटकपटक आन्दोलन गरेको छ। अहिलेको सन्दर्भमा कांग्रेस र कम्युनिस्ट भन्ने ठूला दलहरु असफल भइसके।

उनीहरूको विचार, त्याग र बलिदान घर परिवार, नातागोतालाई पोस्ने र आफू कुबेर बन्ने हिसाबले गयो। त्यसैले हाम्रो आन्दोलनलाई नयाँ ढंगले अगाडि त बढाउँछौँ नै, तर यो कति लामो जान्छ त्यो थाहा छैन। तर, जनता सडकमा आउँछ।