October 17, 2021

Halkhabar kura

Entertainment Site

बालुवाटार जग्गा घोटालामा मुछिएका गुरुङलाई प्रधानमन्त्री ओलीले यसरी सम्मानित गरेपछि ….

1 min read

होटल सोल्टीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभामा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा घोटाला प्रकरणमा मुछिएका भाटभेटिनीका मालिक मीनबहादुर गुरुङलाई अस्ति बिहीबार सम्मान प्रदान गरेका छन् ।

होटल सोल्टीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले  गुरुङलाई सम्मान गरेका हुन् । गुरुङ जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्डबाट सम्मानित भएका हुन् ।

चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीको हातबाट सम्मानपत्र तथा कदरपत्र प्रदान गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्नुपर्ने बताउँदै आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीति निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।