November 28, 2021

Halkhabar kura

Entertainment Site

यसरी बनाउनुस दातलाइ सफा र चम्किलो

1 min read

शरीरको सबभन्दा कडा भाग दात हो । दातँलाई सुरक्षित र स्वस्थ राख्नको लागि नियमित रुपमा हेरचाह गर्नु जरुरी हुन्छ । त्यसको साथ साथै दिनको दुईपटक ब्रश गर्नु पर्छ ।

हामी धेरैभन्दा धेरै जना बिहान उठ्नेबितिकै दात माज्छौ तर यो नराम्रो बानि हो बिहान उठ्ने बितिकै हामिले दात माज्दा गिजा दुख्ने ,दात बांगोटिंगो हुन्छ । तेसैले बिहानको खाना पछी र बेलुकाको खानापछी दात माज्दा राम्रो हुन्छ ।

गुलियो खानेकुरा कम खानुपर्छ अथवा खाएपनि मुख कुल्ला गरिहाल्नु पर्छ । दाँत वा मुखको समस्या हुनु भनेको शरिरमा कुनै समस्या हुनु हो दातँलाई सुरक्षित र स्वस्थ राख्नको लागि नियमित रुपमा हेरचाह गर्नु जरुरी हुन्छ । त्यसको साथ साथै दिनको दुईपटक ब्रश गर्नु पर्छ । र गुलियो खानेकुरा कम खानुपर्छ अथवा खाएपनि मुख कुल्ला गरिहाल्नु पर्छ । दाँत वा मुखको समस्या हुनु भनेको शरिरमा कुनै समस्या हुनु हो ।

राम्रो चम्किलो र स्वस्थ दाँत हाम्रो अनुहारको सुन्दरतामा थप निखार ल्याउन मद्दत गर्छ । तर दाँतको सहि तरिकाले हेरचाह नगर्दा दाँतमा विभिन्न प्रकारको रोग लाग्न सक्छ । पहेँलो दाँत हुनु, साँस गन्हाउनु, गिँजाको समस्या, क्याभिटि, पाइरिया, पेरियोडाइटिस, जिंजिवाइटिस आदि बिरामी हुन सक्छ ।

दिनमा दुइपटक ब्रश गर्नुहोस् : दाँतलाई सुरक्षित राख्नको लागि नियमित रुपमा सरसफाइ गर्नुपर्छ । खाना खाइसकेपछी दिनमा दुइपटक ब्रश गर्नुपर्छ । टुथब्रश सानो खालको प्रयोग गर्नुपर्छ । ताकि दाँतको कुना कुनामा सजिलैसंग पुगोस् ।

सफ्ट ड्रिंकबाट बच्नुहोस्: विभिन्न प्रकारको सफ्ट ड्रिंकको प्रयोगले पनि दाँतलाई हानि पुर्‍याउन सक्छ । त्यसैले यस्ता प्रकारको पेयपर्दाथबाट टाढै बस्नुपर्छ । किनकि यस्ता डिंग्समा अम्लिय पर्दाथ हुन्छ ,जसले दाँतको इनामेलमा भएको खनिजलाई घुलाइदिन्छ र दाँत कमजोर हुन थाल्छ ।

गुलियो खानेकुरा बाट बच्नुहोस्: गुलियो खानेकुरा दाँतलाई मात्र नभई स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ । त्यसैले यसको सेवन कम गर्नुपर्छ । दाँतको माथिल्लो तहमा भएको जीवाणुले गुलियोलाई अम्लमा परिर्वतन गरिदिन्छ त्यसैले गुलियो भएको खानेकुराको प्रयोग सिमित मात्रामा गर्नुपर्छ ।

फलफूलको सेवन गर्नुहोस्: फलफूलको सेवनले हाम्रो शरिरमा ऊर्जा मिल्छ । रोग लाग्न बाट बच्न सकिन्छ । कुनै फल यस्तो पनि हुन्छ जसको सेवनले दाँतलाई क्याभिटि बाट बचाउन सकिन्छ । स्याउ, गाजर आदिको नियमित सेवनले दाँतलाई फाइदा हुन्छ ।

प्रशस्त पानी पिउनुहोस्:पानीले हाम्रो शरिरमा भएको बिषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । साथै हाम्रो पाचन प्रक्रिया राम्रो बनाउँछ । यसको साथै दाँतलाई सेतो र चमकदार बनाइ राख्न पनि सहयोग गर्छ । त्यसैले दिनमा ८ देखि १० गिलास पानी पिउनु पर्छ ।

दाँतले अरु काम नगर्नुहोस्: यदि दाँतले बोतलको बिर्को खोल्ने , सुपारि फुटाउने , जस्ता काम गर्नुहुदैन् । यस्ता काम गर्दा दाँतको क्याप निस्किने या टुट्ने हुन सक्छ ।

नियमित जाँच गराउनुहोस्: दाँतमा कुनै समस्या नआए पनि नियमित रुपमा चेकअप गर्नपर्छ । यदि कुनै समस्या जस्तै(दाँत दुख्ने ,गीजाबाट रगत आउने आदि भएमा दाँतको चिकित्सकलाई देखाउनुपर्छ ।

समस्या नभए पनि ६(६ महिनामा जाँच गराउनुपर्छ । राम्रो चम्किलो र स्वस्थ दाँत हाम्रो अनुहारको सुन्दरतामा थप निखार ल्याउन मद्दत गर्छ । तर दाँतको सहि तरिकाले हेरचाह नगर्दा दाँतमा विभिन्न प्रकारको रोग लाग्न सक्छ । पहेँलो दाँत हुनु, साँस गन्हाउनु, गिँजाको समस्या, क्याभिटि, पाइरिया, पेरियोडाइटिस, जिंजिवाइटिस आदि बिरामी हुन सक्छ ।

Leave a Reply

Your email address will not be published.