November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोनाले पछिल्लो २४ घण्टामा ७ हजार २२५ को मृत्यु

1 min read

एजेन्सी । काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २२५ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै २४ घण्टामा अमेरिकामा एक हजार ९०० ले ज्यान गुमाएका छन् । फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१० तथा जर्मनीमा २५८ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

एजेन्सी । अमेरिकामा एक हजार ९०० ले ज्यान गुमाएका छन् । फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१० तथा जर्मनीमा २५८ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण विश्वभर ९५ हजार ७ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । १६ लाख ४ हजार ७ सय १८ जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार १४८ को अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार नाघेको छ । त्यहाँ १६ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।
१६ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख ५६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार २ सयभन्दा धेरै छन् भने स्पेनमा १५ हजार ४ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५३ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १२ हजार २ सय नाघेको छ । बेलायतमा करिब ८ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४१ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३६ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २६ सय नाघ्दा बेल्जियममा २५२३, नेदरल्याण्डस्मा करिब २४ सय छ ।

भारतमा २२६ जनाको मृत्यु हुँदा ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published.