January 21, 2022

Halkhabar kura

Entertainment Site

विश्वभर कोरोना सङ्क्रमण बढ्दै, नेपालमा ५ दिनयता देखिएन

1 min read

काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहँदा नेपालमा भने ५ दिनदेखि नयाँ सङ्क्रमण देखिएको छैन । नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको नमूना परीक्षण गरिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमूना परीक्षण भएको छ भने उपत्यकाबाहिर ५ सय १३ नमूना परीक्षण गरिएको छ । साथै १ सय ९३ जनाको परीक्षण जारी छ ।

पछिल्लो ५ दिनमा कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । यही चैत २२ गते ३ जना कोरोना सङ्क्रमित फेला परेपछि सङ्क्रमितको कुल सङ्ख्या ९ पुगेको थियो ।

एक जना निको भएर घर फर्किसकेका छन् । अहिले देशभर ११७ जना आइसोलेसनमा छन् भने क्वारेन्टाइनमा ७ हजार ९ सय ४० जना रहेका मन्त्रालयले जनाएको छ । सरकारले सातै प्रदेशमा ५-५ हजार ¥यापिड टेष्ट किट अर्थात द्रुत जाँच गर्ने सामग्री पठाएको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहँदा नेपालमा भने ५ दिनदेखि नयाँ सङ्क्रमण देखिएको छैन । नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको नमूना परीक्षण गरिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमूना परीक्षण भएको छ भने उपत्यकाबाहिर ५ सय १३ नमूना परीक्षण गरिएको छ । साथै १ सय ९३ जनाको परीक्षण जारी छ ।

पछिल्लो ५ दिनमा कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । यही चैत २२ गते ३ जना कोरोना सङ्क्रमित फेला परेपछि सङ्क्रमितको कुल सङ्ख्या ९ पुगेको थियो ।

एक जना निको भएर घर फर्किसकेका छन् । अहिले देशभर ११७ जना आइसोलेसनमा छन् भने क्वारेन्टाइनमा ७ हजार ९ सय ४० जना रहेका मन्त्रालयले जनाएको छ । सरकारले सातै प्रदेशमा ५-५ हजार ¥यापिड टेष्ट किट अर्थात द्रुत जाँच गर्ने सामग्री पठाएको छ ।

Leave a Reply

Your email address will not be published.