November 29, 2021

Halkhabar kura

Entertainment Site

मासु राम्रोसंग पकाएर मात्रै खानुस, नत्र हुन सक्छ यस्तो असर

1 min read

काठमाडौं । हामी हरेक कुरा हतार ,हतारमा गर्ने बानि छ । छिटो चाहिन्छ हामीलाई तर छिटो गर्ने बानीले हामीलाई कति असर पार्छ भन्ने कुराको अनुमान लगाउदैनौ हामि । यस्तै मासु पकाउदा हामि हतार गरेर छिटो राम्ररि नपकाई खान्छौ ।

एक ४६ वर्षीय व्यक्तिले राम्ररी नपाकेको मासु खाँदा उनको दिमागमा ‘टेपवर्म’ नामक परजीवी (प्यारासाइट) किरा पुगेको छ । पूर्वी जेजिआङ प्रदेशका ती चिनियाँ नागरिकलाई सो जीवकै कारण पटकपटक दिमागी झट्काको महसुस भइरहेको थियो । टेपवर्म घाँसपात र दुषित पानी मार्फत विभिन्न जीवजन्तुको आन्द्रामा पुग्ने गर्दछ । त्यसैले नपाकेको मासु खाँदा टेपवर्म संक्रमण हुन्छ ।

वास्तवमा एक महिना अगाडि उनले खसी र सुँगुरको मासु खाएका थिए जुन पूर्ण रुपमा नपाकेका कारण नै किरा उनको दिमागसम्म पुगेको बताइएको छ । जेजिआङ युनिभर्सिटीको रिपोर्ट अनुसार उनलाई मासु खाएको केही दिनमै रिँगाटा लाग्ने र दिउँसोको समयमा बेस्सरी टाउको दुख्न सुरु भइसकेको थियो । यसरी राति सुतिसकेपछि भने उनलाई अचानक अनियन्त्रित झट्का लागेको जस्तो हुने गर्दथ्यो । यसबीच एकदिन उनलाई त्यसरी नै झट्का लागिरहेकाबेला उनीसँगै काम गर्ने सहकर्मीहरुले फेला पारि अस्पताल लगेका हुन् ।

जसमा उनको टाउकोको सिटी स्क्यान गर्दा मष्तिष्क भित्रका रगतनलीहरु सुन्निएको जस्तो देखिएका थिए । थप परीक्षण गर्नका लागि अतिरिक्त रकम आवश्यक भएपछि उनी त्यसदिन घर फर्किएका थिए । तर उनलाई अझैपनि सो लक्षणले छोडेको थिएन । यस्तोमा अति असह्य भएपछि उनी फेरि त्यही अस्पताल गइ थप एमआरआइ स्क्यान गराएका हुन् जसमा उनलाई ‘न्युरोसिस्टिकर्कोसिस’ भएको बताइएको हो ।

त्यो भनेकै उनको दिमागमा टेपवर्म फेला परेको हो । यसरी चिकित्सकहरुले उनको दिमागबाट टेपवर्म निकालेर दिमागको चाप कम गराएपछि अहिले उनले केही आराम महसुस गरिरहेका छन् ।

न्युरोसिस्टिकर्कोसिस एक प्यारासाइटिक संक्रमण हो जुन कुनैपनि व्यक्तिमा टेपवर्मको अन्डा निलेपछि हुने गर्दछ । यसरी सो अन्डाबाट लार्भा बाहिर निस्किएर मान्छेको मांसपेसी र दिमागका टिस्युसम्म पुग्ने गर्दछ र सिस्टको रुप लिने गरेको छ ।

यस किसिमको समस्या विश्वव्यापी रुपमा हुने गर्दछ । यसअघि न्युययोर्कमा पनि एक महिला आफूमा विभिन्न दिमागी समस्या देखा परेको भनि उपचारका लागि आएकी थिइन् । जुन ब्रेन ट्युमर हुन सक्ने डाक्टरहरुको पहिलो अनुमान थियो तर पछि राम्ररी स्क्यान गरेर हेर्दा उनीहरुले तिनको मस्तिष्कमा बच्चा टेपवर्म फेला पारेका हुन् । यसकारण पनि हामीले खानेकुरा मासु मात्र नभएर जुनसुकै होस् राम्ररि पकाएर खानुपर्छ ।

Leave a Reply

Your email address will not be published.