November 28, 2021

Halkhabar kura

Entertainment Site

के तपाईलाई राती अबेरसम्मपनि निद्रा लाग्दैन यस्ता छन् कारण जानीराख्नुस

1 min read

मनिसमा हरेक प्रकारका रोगहरु देखा पर्न थालेका छन । खानपान ,जिबनशैली लगायत अन्य कुरा यस्ता मानसिक समस्याहरु देखापर्न थालेका छन ।
चाँडो वा ढिलो सुत्ने मानिसका बारेमा एउटा अध्ययन भएको छ ।

अध्ययनअनुसार राति ढिलासम्म ननिदाउने मान्छेको निधन पनि छिटो हुन सक्छ । तर, कहिलेकाहीँ यस्तो हुनुमा मनोवैज्ञानिक वा श्वासप्रश्वासको समस्याका कारण पनि हुन सक्छ । तर, के राति अबेरसम्म जाग्नु नराम्रो नै हो त ?

जागिरका दिनमा सामान्यतया अलार्मको नमिठो आवाजले मानिसलाई निद्राबाट ब्युँझाउने मात्रै होइन, बिस्ताराबाट पनि उठाउँछ । तर, जब बिदाको दिन आउँछ, मान्छे सामान्य दिनमा भन्दा धेरै सुत्छन् । यस्तो हुनुको कारण भनेको मानिसलाई निद्रा नपुगेर नै हो ।

यस्तो रोगलाई ‘सोसल जेट लैग’ भनिन्छ । सोसल जेट लैग अन्य दिन र छुट्टीको दिन आउने निद्राको अन्तर हो, जब कसैलाई पनि चाँडै सुत्ने र ढिलो उठ्ने अवसर मिल्छ । सोसल जेट लैग जति धेरै हुन्छ, स्वास्थ्यमा त्यति नै धेरै समस्या हुन्छ । म्युनिखको लुडविग–मैक्समिलन युनिभर्सिटीमा क्रोनोबायोलोजीका प्रोफेसर टिल रोएनबर्गका अनुसार बिहान ढिलासम्म सुत्ने बानीले स्वास्थ्यमा असर पर्न सक्छ । स्लिप एन्ड सर्केडियन न्युरोसाइन्स इन्स्टिच्युटका प्रमुख रसेल फोस्तर पनि बिहान चाँडै उठ्ने तर राति ढिलो सुत्नेलाई पनि स्वास्थ्यमा समस्या पर्न सक्ने बताउँछन् ।

फेरि रातिसम्म निद्रा लाग्दैन भने के गर्ने ? वा छुट्टीको दिन पनि अन्य दिनजस्तै चाँडै उठ्ने त ? प्रोफेसर रोएनबर्ग भन्छन्, छुट्टीको दिन ढिलासम्म नसुत्नु झनै खराब कुरा हो । उनका अुनसार राति ढिलोसम्म जाग्गै हुनु आफैंमा खराब होइन । यदि कोही पाँच दिनसम्म कम सुत्छन्, त्यो बेलाको निद्राका भरपाई पछि गर्नैपर्छ र मानिसले समय पाएपछि त्यो पूरा गर्छन् । यस्तो किन पनि हुन्छ भने निद्रा भनेको मानिसको आदत वा अनुशासन होइन । यो हाम्रो शरीरले नै निर्धारण गर्छ ।

किनकि हाम्रो शरीरका ५० कुराहरू सबै हाम्रो जिनमा आधारित हुन्छन् । बाँकी ५० प्रतिशत हिस्सा हाम्रो पर्यावरण र उमेरले तय गर्छ । मानिस सामान्यतया २० वर्षको उमेरमा सबैभन्दा धेरै सुत्छ । युनिभर्सिटी अफ सरेका क्रोनोबायोलोजीका प्रोफेसर मैल्कम वान सात्ज भन्छन्, ‘राति अबेरसम्म जागै हुने मानिस कुनै कामका हुँदैनन् र अल्छी पनि हुन्छन्, वास्तवमा यो मानिसको जीवविज्ञान हो ।’हाम्रो शरीर सूर्यको उदाउने र अस्ताउने समयमा आधारित हुन्छ ।

सामान्यतया बिहानदेखि बेलुकासम्म प्राकृतिक रूपमा आउने प्रकाशले हाम्रो शरीरलाई सन्तुलन गरिरहेको हुन्छ । तर, राति पाइने प्रकाश भनेको कृत्रिम प्रकाश हो, यसले हाम्रो शरीरको समयलाई तलमाथि गर्छ जसले अन्तत मानिसको स्वास्थ्यमा पनि असर गर्छ ।

निद्राको विषयमा गरिएको बैज्ञानिक अध्ययनमा जागिर, स्कुल र समाज मानिसको निद्रा समयमा नआउनमा जिम्मेबारी भएको बताउँछ । यसको सुरुवात कार्मचारीहरूलाई बिहानदेखि राति अबेरसम्म काम गर्न दिएर गरिएको छ ।

यसका साथै, प्रोफेसर फास्तरका अनुसार मानिसले आफ्नो ‘बडी क्लक’ अनुसार जागिर गरे भने निकै राम्रो हुनेछ । यसले कर्मचारीको उत्पादन पनि राम्रो हुनेछ ।प्रोफेसर रोएनबर्ग एक कदम अगाडि बढेर भन्छन्, ‘यो समाजको काम हो कि उनीहरू यसमा ख्याल गरून् । समाजले ती घरमा धेरै प्रकाश दिनुपर्छ र निलो प्रकाशलाई कम गर्नुपर्छ, जसले मानिसको शरीरको बडी क्लक नफेरी काम गर्न सकुन ।

Leave a Reply

Your email address will not be published.