January 23, 2022

Halkhabar kura

Entertainment Site

आगोले पोलिएको घाउमा यस्ता छन् घरेलु उपचार

1 min read

एजेन्सी । भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण पोलेको घाउको उपचार गर्न भान्छामा भएका सामग्री नै काफी हुन्छन् । घरेलु तरिका आपनाउँदा कुनै साइड इफेक्ट पनि नहुने भएकाले यस्तो तरिका निकै प्रभावकारी हुन्छन् । आउनुहोस्, यसबारे जानकारी लिऔंः

तुलसीको पातः तुलसीको बोट पूजा गर्नका लागि मात्र नभई यसले औषधीको काम पनि गर्छ । आयुर्वेदिक डाक्टर तुलसीलाई औषधीको रुपमा हेर्छन् । यो औषधी पोल्दासमेत काम लाग्छ । पोलेको ठाउँमा तुलसीको रस लगाउँदा निकै राहत महसुस हुन्छ । यसले जलन कम गर्छ र दाग पनि मेटाउँछ ।

महः जलनबाट राहत पाउनका लागि मह पनि एउटा राम्रो विकल्प हो । महमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुन्छन् जसले हाम्रो स्वास्थ्यलाई लाभ पुर्याउनुका साथै पोलेको समस्याबाट पनि राहत दिलाउँछ । हात पोल्दा महको प्रयोग गर्दा निकै आराम मिल्छ । यदि तपाईं महमा त्रिफला मिसाएर पेस्ट बनाएर लगाउनुहुन्छ भने तपाईंलाई थप राहत महसुस हुन्छ ।

बेसारः यदि तपाईं पोलेको स्थानमा बेसार लगाउनुहुन्छ भने तपाईंको जलन ठिक हुनुका साथै भविष्यमा घाउको दाग पनि बस्दैन । पोलेको स्थानमा कम्तीमा दुई वा तीनपटक बेसारमा थोरै पानी मिसाएर लगाउनुहुन्छ भने निकै आराम मिल्छ ।

बरफको टुक्राः पोलेको स्थानमा बरफको टुक्रा रगड्नुहोस् । बरफभन्दा सस्तो र राम्रो औषधी पोलेको घाउमा अरु हुन सक्दैन । पोलेको स्थानमा १० देखि १५ मिनेटका लागि बरफ रगड्नुहोस् । यसरी बरफ लगाउँदा जलन र सुन्निन कम हुन्छ । यसले पोलेको दाग पनि बस्न दिँदैन ।

कसरी गर्ने त पोलेको ठाँउमा घरेलु प्राथमिक उपचार ?

वरको हरियो मुण्टा, कोपिला वा पातलाई पोलेर त्यसको खरानीमा गाईको दुधको तर वा नरिवलको तेल मिसाई पोलेको घाउमा दिनमा ३ देखि ४ पटक लगाउनेले घाउ सञ्चो हुन्छ । तुरुन्त शरीरबाट लुगा र गहनाहरु फुकाल्ने र पोलेको ठाँउमा कम्तिमा १५ देखि २० मिनेटसम्म धाराको चिसो पानी खन्याउने । घीउकुमारीको रस निकालेर लगाउनाले आगोले पोलेको घाउ निको हुनुका साथै आराम मिल्छ ।

काँचो आलु कुटेर लेप बनाई लगाउँदा पोलेको सन्चो भई फोका उठ्न दिदैन । यखि नजिकै साबुन छ भने साबुनलाई गोलभेंडाको रसमा मिसाएर मलम बनाई लगाउनाले पोलेको सन्चो भई फोका उठ्न दिदैन । गाँउ घरमा पाइने बयर पोलेर त्यसको खरानी तेलमा मिलाएर लगाए पनि पोलेको घाउ ठिक हुन्छ ।

बेकिङ सोडा स्बेकिङ सोडा छारीय प्रकृतिको हुने हुँदा पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण शरीरको कुनै पनि ठाँउमा बेकिङ सोडापानीले सफा गर्नु राम्रो हुुन्छ । दहीलाई पोलेको ठाँउमा लगाएमा पनि यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ ।

मह एक प्रकारको प्राकृतिक औषधि हो । यसले पोलेको ठाँउमा दुखाई कम गर्न मद्दत गर्छ । माथीको घरेलु उपचार मध्ये केही उपाय अपनाइसकेपछि सफा र सुक्खा कपडाले पोलेको भाग ढाकेर राख्नुपर्दछ । यदि शरीरको धेरै भाग पोलेको छ र छालाई धेरैनै असर गरेको छ चने तुरुन्त नजिकको अस्पताल गई उपचार गर्नुपर्छ

Leave a Reply

Your email address will not be published.