November 28, 2021

Halkhabar kura

Entertainment Site

गाईघाट सिभिल हस्पिटल- खत्रीले लगाएको आरोप प्रति बस्नेतको ध्यानाकर्षण, कानुनि उपचार खोज्ने उनको भनाई

1 min read

उदयपुर । उदयपुर गाईघाटस्थित सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार गराएर गएका एक व्यक्तिले उपचार गराएर गएको महिनौ पछाडी उपचार ठिक नभएको भन्दै हस्पिटल र हस्पिटल संचालकलाई लगाएको आ-रो-प- प्रति हस्पिटल सञ्चालकले आपत्ति जनाएका छन्।

सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार गर्न आएका खोटाङको दिक्तेल रुपाकोट मझुवागडी–३ बाम्राङका ४२ वर्षीय पूर्णबहादुर खत्रीसँग आफ्नो कुनै सम्बन्ध नरहेको र उनका एक आफन्त मार्फत आउदा आफुले हस्पिटलसंग कुरा गरेर केहि सहुलिएत गरि दिएको भन्दा आफ्नो उनि सँग कुनै चिनजान र सम्बन्ध नरहेको अस्पतालका सञ्चालक राजु बस्नेतले बताएका छन्।

खत्रीले देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी का-टे-र फालेको भनेर पत्रकार सम्मेलन गरेर बताएका थिए। उनले पत्रकार सम्मेलनमा अस्पतालका एक सञ्चालकले मोलमोलाई गरेर आफ्नो स्वास्थ्य माथि गम्भीर खेलबाड गरेको समेत आरोप लगाएका थिए।

हालखबरकुरा सँग कुरा गर्दै अस्पतालका सञ्चालक बस्नेतले भने “आज भन्दा ७ महिना अगाडी एक आफन्त मार्फत उपचार गराउन उहा हस्पिटलमा आउनु भएको रहेछ, हस्पिटलका डाक्टरसँग उहाहरुले अप्रेसन गराउने कुरा गर्नु भएछ, डाक्टरसँग के कति र कस्तो कुरा भएको थियो भन्ने बिषयमा मलाई जानकारी थिएन, उहाहरु म कहाँ आएर केहि सहुलिएत गरि दिन आग्रह गर्नु भयो मैले उहा(खत्री) र उहाका आफन्त कै अगाडी फोन गरेर मिल्ने जति कम गरेर उपचार गरि दिन डाक्टरसँग आग्रह गरेको हु।

त्यो भन्दा मलाई यस बिषयमा कुनै जानकारी छैन।” बस्नेतले उहाको उपचारसँग असन्तुष्टि भएको भए डाक्टरसँग कुरा गर्नु पर्नेमा आफुलाई समेत यस घटनामा मुछेकोले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यसको कानुनी उपचार गर्ने बताए। उपचार गर्न आएका खत्रीले डाक्टरले भने बमोजिम रेस्ट नगरेको र भाचिएको हातको समेत ख्याल नगरी अप्रेसन गरेको भोलि पल्ट देखि बाइक चलाउने लगाएतका क्रियाकलाप गरेका कारण अहिलेको समस्या आएको हुन् सक्ने उल्लेख गरे।

खत्रीलाई उपचार गराउन सिभिल हस्पिटल लिएर आएका उनका आफन्त टिका थापा पनि हस्पिटलमा गरेको अप्रेसन ठिक भएको र खत्रिकै लापरबाहीका कारण अहिलेको अवस्था आएको बताउछन। “म आफु पनि मेडिकल पर्सन हु उहाको अप्रेसन सफल भएको थियो उहाको लापरबाहीले अहिलेको अबस्था आयो”, थापाले भने, “यहा आएर अस्पताल प्रशासन डाक्टरसँग छलफल गर्नु पर्नेमा विभिन्न प्रचारबाजी गरेर उहा आफै गल्ती गर्नु हुदैछ ।”

Leave a Reply

Your email address will not be published.