November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोनाभाइरस फैलिएको यी ८ देशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? संक्रमण नभएको प्रमाण चाहिन्छ नत्र आउन पाइदैन

1 min read

सरकारले कोरोना संक्रमण फैलिएको ८ देशबाट नेपाली नागरिक घर फर्किँदा पनि कडाई गर्ने भएको छ । यसरी आउँदा कोरोना संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ, जुन जारी भएको सात दिन कटेको हुनुहुन्न ।

सरकारले कोरोनाको संक्रमण धेरै देखिएको चीनका साथै इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको छ । त्यहाँका नागरिक नेपाल आउन चाहे नेपाली दूतावास वा नियोगमा कोरोना भाइरसको संक्रमण नभएको भनेर जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र बुझाउनुपर्छ, अनि मात्र भिसा पाउन सक्छन् । र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर मात्र नेपाल प्रवेश गर्न सक्छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार उल्लेखित ८ देशमा रहेका नेपाली घर फर्किँदा पनि कोरोना संक्रमण नभएको भनि जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र पेश गर्नुपर्छ ।

यसरी आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिने मन्त्री ढकालले बताए । ‘उनीहरुका लागि चीनबाट ल्याएका विद्यार्थीहरुलाई जस्तो सरकारले क्वारेन्टाइनमा राख्दैन’ उनले भने, ‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।’

यसअघि सरकारले अनअराइभल भिसा दिन रोक लगाएपनि नेपाली फर्किन कडाइ गरेको थिएन । विमानस्थलमा ज्वरो जाँच गर्दा नदेखिए छाड्ने गरिएको थियो ।

दक्षिण कोरियाबाट फर्केका केही नेपालीमा कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल पुगेका थिए । तर उनीहरुमा संक्रमण पुष्टि भएको छैन । -अनलाइनखबरबाट

कोरोनासंक्रमणबारे भ्रम र यथार्थता –
१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो। अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन। स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो। कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ। २. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन।

३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन। बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ। बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ।

४. कोरोना सर्दैमा मृत्यु हुँदैन। धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ। १०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ।

५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन। यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ। जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ।

६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन। सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ। ७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन।

८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन। ९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन। त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै।

१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन। यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ।

११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन। १२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन। १३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन।

१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो। १५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन।

तत्काल जनस्वास्थ्य संकटकालघोषणा गरियोस

कोरोना भाइरस संक्रमणको त्रासले जनजीवन तहसनहस हुँदैछ। हरेक तह र तप्कामा यसको डर र चिन्ताले आम जनसमुदाय पिडामा बाँचिरहेका छौं। सरकारले कोरोना संक्रमण रोक्न सक्छ भन्ने बिश्वास जनताले नगरेको स्थिति छ। अत्यावश्यक सामग्री तथा औषधिको अभाव सुरु भएको छ। आम जनता त्रसित हुँदा सरकारले अभिभावकीय जिम्मेवारी बहन गर्न ढिलो गर्नुहुँदैन।

१. सरकारले यथाशिग्र जनस्वास्थ्य संकटकाल घोषणा गरोस। २. घटीमा ६ महिना पुग्नेगरि औषधिको आयात तथा भण्डारण गरोस। ३. औषधि बिक्रि तथा स्टकमा नियमन गरोस। अहिले बट्टाका बट्टा औषधि किन्ने काम नियन्त्रण गरोस।

४. खानेपानी, दुध, दाल, चामल, तेल, नुन, ग्यासजस्ता खाधान्नको ६ महिना पुग्नेगरी स्टक राखोस। आम समुदायले अत्याबश्यक सामग्री घरमा थुपार्ने तथा कालाबजारियाले सामान लुकाएर कृतिम अभाव सिर्जना गर्ने काम नियन्त्रण गरोस।

५. अनाबश्यक हल्ला र आतंक फैलाउनेलाई कारबाही गरोस। ६. बिमानस्थलमा भएको चरम लापरबाही नियन्त्रण गरोस। विमानस्थलमै कोरोना संक्रमण पत्ता लगाउने ल्याबको ब्यबस्था गरोस।

७. विमानस्थलदेखि अस्पतालसम्म सुरक्षाकर्मीको ब्यबस्था गरोस। कोरोना संक्रमण फैलिएका देशबाट आउने नेपाली तथा विदेशीलाई अनिबार्य चेकजाँच र आबश्यक परेमा क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरोस।

८. टेकु अस्पतालबाट बिरामी भाग्ने काम भइरहेको छ। यो डरलाग्दो पक्ष हो। तसर्थ अस्पतालमा सुरक्षाकर्मी राख्ने तथा भाग्न खोज्नेलाई नियन्त्रण गर्ने ब्यबस्था मिलाओस। ९. भीडभाड हुने ठाउँ बन्द गरोस।

१०. छिटोभन्दा छिटो स्कुलको परीक्षा सकेर स्कुल तथा कलेज बन्द गरोस। स्कुलको परीक्षा २ दिनमै सकेर १ महिना स्कुल बन्द गरोस।

११. कोरोना संक्रमणको डर र त्रास हटाउन सबै निकायलाई परिचालन गरोस। १२. सम्भब भएका काम अनलाइनबाट ( घरमै बसेर ) गर्न प्रोत्सान गरोस।

१३. अत्यावश्यक काम भएका बाहेकका व्यक्तिहरुलाई गाउँमा फर्किन प्रोत्साहित गरोस। १४. क्वारेन्टाइन, आइसोलेसन, आइसीयु, भेन्टिलेटर आदिको पर्याप्त ब्यबस्था मिलाओस। १५. जनचेतना र परामर्शको ब्यापक ब्यबस्था गरोस।

जनस्वास्थ्य विज्ञ डा.रबीन्द्र पाण्डेको फेसबुकबाट साभार

Leave a Reply

Your email address will not be published.