October 17, 2021

Halkhabar kura

Entertainment Site

सुजल बम, जो बोल्न र सुन्न सक्दिनन् तर छिन् मोडलिङमा अब्बल (भिडियोसहित)

1 min read

डोटी साबिकको चवारा चौैतारा गाविस चनुकाँडा, हालको बोगटान गाउँपालिका वडा नम्बर ७ मा जन्मेकी सुजल बम कलाकार हुन् ।

न उनी बोल्न सक्छिन् न सुन्न । तर, उनको हाउभाउ हेर्दा कसैलाई लाग्दैन की उनी फरक क्षमता भएकी हुन् । अ’द्भुत क्षमता भएकी सुजल बमको अहिले चारैतिर चर्चा छ ।

सुजल बमका बुवा टेक बमले भने- ‘फरक क्षमता भएकी छोरीको जीवन केही सहज होस् भन्ने हेतुले अभिभावकको कर्तव्य पालन मात्रै गरेको थिएँ, सुजलको मेहनत र लगनशीलताले सिंगो राष्ट्रको गरिमा बढेको छ ।’

केहि समय अघि‘खामोशी वीथ लाइफ’को नारा दिँदै भारतमा आयोजित अन्तर्राष्ट्रिय ‘मिस डेफ ला ग्राफिटा’मा नेपाल की एक मात्र प्रतिस्पर्धी रहेकी सुजल बमले फष्ट रनरअपको उपाधि चुमेकी छन् ।

प्रतियोगिता नं. ११० को रूपमा रहेकी उनले फष्ट रनरअपको उपाधि चुम्न सफल भएकी हुन् । नयाँ दिल्लीकी मुस्कान भाटिया विजेत भएको यस प्रतियोगितामा सेकेण्ड रनरअप इन्दोरकी बुलबुल पन्जेरे भएकी छन् ।

कोभिड–१९ को महामारीले गर्दा अनलाइनमार्फत सञ्चालन भएको यस प्रतियोगितामा धेरै देशका प्रतिस्पर्धीहरूको सहभागिता रहेको आयोजक संस्था ला ग्र्याभिटिकाले जानकारी गराए को थियो।

नेपालमै पहिलो पटक बहिरा कलाकारद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। बहिरा कलाकार सुजल बमद्वारा अभिनित ‘झिम झिम परेली’ बोलको गीतको भिडियो एक समारोहबीच सार्वजनिक गरिएको हो।