November 28, 2021

Halkhabar kura

Entertainment Site

ए डिभिजन लिगमा आज एकै दिन तीन खेल हुँदै

1 min read

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज एकै दिन तीन खेल हुँदैछन । लिगको १२ औं चरणका खेल चलिरहँदा आजको पहिलो खेलमा एपीएफ र फ्रेन्ड्सबीचको प्रतिस्पर्धा जारी छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा एपीएफलाई हराउँदै फ्रेन्ड्स शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब प्रतिस्पर्धा गर्दैछन । खेल मध्यान्ह १२ बजेर १५ मिनेटमा एन्फा कम्प्लेक्समै हुदैछ । रेलिगेशनबाट जोगिएको च्यासललाई शीर्ष ६ को दौडमा गणितिय रुपमा कायम रहन सरस्वतीबिरुद्व जित चाहिएको छ ।

यस्तै, लिगको उपाधि होडमा रहेको मछिन्द्रले दिउँसो साढे ३ बजे संकटा क्लबसंग खेल्दैछ । संकटाबिरुद्व जित निकाल्दै मछिन्द्रलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर समेत छ ।

हिजो आईतबारको खेलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब तेस्रो स्थानमा पुगेको छ ।

मनाङ ४–१ ‘एनआरटी’: ११औं चरणको अन्तिम खेलमा आइतबार न्यूरोड टिम ९एनआरटी०लाई ४–१ ले हराउँदै मनाङ तेस्रो स्थानमा पुगेको हो ।

गोलकर्ता: सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई तथा विमल राना र दयानन्द सिंहले एक÷एक गोल गरे । एनआरटीका सकल रेग्मीले सान्त्वना गोल गरे ।

अंकतालिका: यो खेलपछि ११औं चरणको समाप्तिसम्म २६ अंकबाट त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ । दोस्रो स्थानको मच्छिन्द्र क्लबको २५ तथा तेस्रो स्थानको मनाङको २२ अंक छ ।

२० अंकको थ्रीस्टार क्लब चौथो स्थानमा झरेको छ । पाँचौं स्थानको जावलाखेल युथ क्लबको १८, छैटौं स्थानको नेपाल पुलिस क्लबको १७ तथा संकटा क्लब र एनआरटीको समान १५ अंक छ ।

नवौं स्थानको फ्रेन्ड्स क्लबको १४, दशौं स्थानको च्यासल युथ क्लबको १२, एघारौं स्थानको हिमालयन शेर्पा क्लबको १०, बाह्रौं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को ८, तेह्रौं स्थानको सशस्त्र प्रहरीको ५ तथा पुछारको सरस्वती युथ क्लबको ४ अंक छ ।

लिगअन्तर्गत् सोमबार १२औं चरणका तीन खेलहरु हुनेछन् । एन्फा कम्प्लेक्सको मैदानमा बिहान पौने ९ बजे सशस्त्रले फ्रेन्ड्ससित, सवा १२ बजे सरस्वतीले च्यासलसित तथा साढे ३ बजे मच्छिन्द्रले संकटा क्लबसित खेल्नेछ ।

Leave a Reply

Your email address will not be published.