November 28, 2021

Halkhabar kura

Entertainment Site

बेलायतमा आँधीका कारण हजारौं प्रभावित: सडक अवरुद्ध, विमानस्थल बन्द

1 min read

एजेन्सी ।  बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन् । आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ ।

आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड र वेल्स राज्य प्रभावित भएको बीबीसीेल जनाएको छ ।

आँधीले रेलवे सेवाहरु पनि अवरुद्ध भएको छ भने विभिन्न खेलकुद प्रतियोगिताहरु पनि प्रभावित भएका छन् । आँधीको प्रभाव बढ्दै गएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

आँधीका कारण विभिन्न उर्जा कम्पनीमा पनि क्षति पुगेको बताइएको छ ।

उता इरानले छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । इस्लामिक क्रान्तिको वर्षगाँठ मनाउनु अघि उसले आफ्नो सैन्य क्षमता प्रस्तुत गरेको हो ।

इरानको राजधानी तेहरानबाट २३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानमा परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो समय अमेरिकासँग सम्बन्ध चिसिएपछि इरानले आन्तरिक रुपमा आणविक हतियार उत्पादन र भण्डारणलाई प्राथमिकता दिएपछि अमेरिकालगायत शक्तिशाली राष्ट्रहरुको टाउको दुखाइको विषय बनेको छ ।

इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध र अवरोधको सामना गर्दै घरेलु हतियार उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

इरानले जमिनबाट जमिनमै छोटो दुरीमा मार हान्ने क्षेप्यास्त्र प्रक्षेपण गरेपनि प्रतिबन्धका कारण वायू सेना पूर्ण रुपमा टर्की र साउदी अरेबिया भन्दा कमजोर रहेको बताइएको छ ।

बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन् । आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ ।

आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड र वेल्स राज्य प्रभावित भएको बीबीसीेल जनाएको छ ।

आँधीले रेलवे सेवाहरु पनि अवरुद्ध भएको छ भने विभिन्न खेलकुद प्रतियोगिताहरु पनि प्रभावित भएका छन् । आँधीको प्रभाव बढ्दै गएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

आँधीका कारण विभिन्न उर्जा कम्पनीमा पनि क्षति पुगेको बताइएको छ ।

उता इरानले छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । इस्लामिक क्रान्तिको वर्षगाँठ मनाउनु अघि उसले आफ्नो सैन्य क्षमता प्रस्तुत गरेको हो ।

इरानको राजधानी तेहरानबाट २३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानमा परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो समय अमेरिकासँग सम्बन्ध चिसिएपछि इरानले आन्तरिक रुपमा आणविक हतियार उत्पादन र भण्डारणलाई प्राथमिकता दिएपछि अमेरिकालगायत शक्तिशाली राष्ट्रहरुको टाउको दुखाइको विषय बनेको छ ।

इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध र अवरोधको सामना गर्दै घरेलु हतियार उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

इरानले जमिनबाट जमिनमै छोटो दुरीमा मार हान्ने क्षेप्यास्त्र प्रक्षेपण गरेपनि प्रतिबन्धका कारण वायू सेना पूर्ण रुपमा टर्की र साउदी अरेबिया भन्दा कमजोर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.