January 21, 2022

Halkhabar kura

Entertainment Site

महाभारत बनाउन सजिलो छैन: दीपिका पादुकोण

1 min read

एजेन्सी । वास्तविक कहानीमा आधारित ‘छपाक’ मा अभिनय गरेपछि दीपिका पादुकोण पौराणिक कथामा आधारित महाभारतमा काम गर्ने भएकी छिन् । यो फिल्ममा दीपिका द्रोपदीको भूमिकामा देखिनेछिन् ।

महाभारत फिल्मको विषयमा चार महिना अघि नै खबर आइसकेको थियो तर त्यसपछि फिल्मबारे कुनै चर्चा भएको छैन । फिल्मको विषयमा अब दीपिका पादुकोणले आफ्नो मुख खोलेकी छिन् ।

मिड डेको एक रिपोर्ट अनुसार दीपिकाले आफ्नो अपकमिङ फिल्म महाभारतबारे भनिन्, ‘म फिल्मबारे हल्ला गर्दै यसको घोषणा गर्नुपर्छ भन्ने विश्वास राख्दिनँ । मैले यो प्रोजेक्टलाई निकै सोच विचार गरेर लिएकी हुँ । म छपाकको प्रोमोशनमा व्यस्त थिएँ, त्यसकारण यो फिल्मका लागि बसेर छलफल गर्ने समय नै थिएनँ । हामीले अझैं कास्ट र क्रु पनि फाइनल गर्नुपर्छ ।’

महाभारत अरु फिल्मजस्तो होइन: महाभारतमा दीपिका दोस्रो पटक निर्माताको रुपमा काम गर्नेछिन् । उनले फिल्मको जिम्मेवारीबारे बयान गर्दै भनिन्, ‘महाभारत बनाउनु भनेको अरु फिल्म बनाएजस्तो होइन । प्रोडक्सन स्केलदेखि बजेट र कस्ट्युमसम्म, यसमा पाँच गुणा बढी मेहनत लाग्नेछ । म कम समयमा यो गर्न सक्दिनँ ।

यो मेरो अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट हो ।’ यो फिल्मलाई दीपिका मधु मंटेनासँग मिलेर निर्माण गर्नेछिन् ।

यता भारतीय मोडल एवं नायिका पूनम पाण्डेले शिल्पा शेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा र उनक सहयोगीविरुद्ध आपराधिक मुद्दा दर्ता गर्न चाहेकी छिन् । पुलिसले एफआइआर दर्ता गर्न नमानेपछि उनले हाइकोर्टको ढोका ढक्ढकाएकी छिन् ।

विवाद सन् २०१९ को हो जब पुनम पाण्डेले आर्म्सप्राइम मिडिया नामको एक फर्मसँग सम्झौता हस्ताक्षर गरेकी थिइन् । पुनमले उक्त सम्झौता आफ्नो नामबाट एउटा ऐप पाउनका लागि हस्ताक्षर गरेकी थिइन् जसका लागि उनले रेभेन्यूको उचित हिस्सा पाउने भएकी थिइन् ।

पाण्डेका अनुसार राज कुन्द्राको कम्पनीले चलाउने उनको एपमा उनको फोन नम्बर पोष्ट गरेर ‘मलाई फोन गर्नुहोस्, म तिम्रो लागि स्ट्रिप गर्नेछु’ भन्ने मेसेज आएको थियो ।

कुन्द्रा र उनका सहयोगीले सम्झौता रद्द गरेपछि पनि आफ्नो फोन नम्बर सार्वजनिक गरेको भन्दै पुनमले उनीहरुविरुद्ध आपराधिक मुद्दा दर्ता गर्न हाईकोर्टको ढोका ढक्ढकाएकी हुन् ।

सम्झौता रद्द गरेपछि बढ्यो तनावः पुनमलाई विश्वास गर्ने हो भने फर्ममा सेयरका लागि भेदभाव भइरहेको थियो । जसका कारण उनले सम्झौता रद्द गरिन् । तर त्यसलगत्तै उनलाई प्राइभेट नम्बरबाट विभिन्न प्रकारको अनुरोधयुक्त फोन आउन थाल्यो । उनका अनुसार यसबाट तनाव भएपछि उनले तीन महिनाका लागि देश छोडेकी थिइन् । तर फिर्ता भएपछि पनि उनले यस्तै स्थितीको सामना गर्नुपर्यो जसका कारण उनले आफ्नो नम्बर परिवर्तन गरेको बताइन् ।

नयाँ नम्बर लिँदासमेत रोकिएन सिलसिलाः उनले आफ्नो नयाँ नम्बरको प्रयोग राज कुन्द्राका सहयोगी सौरभ कुशवाहसँग कुराकानी गर्नका लागि प्रयोग गरेकी थिइन् त्यसपछि उनको त्यो नम्बरमा पुनः फोन आउने क्रम जारी रह्यो । पुनमलाई विश्वास गर्ने हो भने राज र उनको समूहविरुद्ध पुलिससँग मद्दतसमेत मागेकी थिइन् तर उनलाई कसैले पनि सुनेनन् । उनको एफआईआरसमेत दर्ता गर्न अस्विकार गरियो । त्यसकारण उनी अब हाइकोर्ट पुगेकी छिन् । एजेन्सी

Leave a Reply

Your email address will not be published.