January 24, 2022

Halkhabar kura

Entertainment Site

छवि-शिल्पा विवाद : अब सँगै बस्ने सम्भावना सकियो

1 min read

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको विवाद अदालतमा रहेको भएपनि यो विषयमा अझै किनारा लागिसकेको छैन । आपसी विवादमा छविले आफूमाथि कुटपिट गरेको कारण देखाउँदै शिल्पाले छविसँग जिल्ला अदालत काठमाडौँमा सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी थिइन् ।

यो विषयमा अदालतले के निणर्य गर्छ अहिले नै भन्न सकिने अवस्था नरहेको अवस्थामा छवि र शिल्पालाई फैसला कुर्नुको विकल्प छैन । तर, कतिपयले अदालतको आदेश जे आएपछि शिल्पा र छवि पुनः सँगै बस्न सक्ने आँकलन समेत गरेका छन् । विवादका क्रममा पनि सम्बन्ध सुधारको प्रयास दुवै पक्षबाट भएकाले यस्तो आँकलन फिल्मी क्षेत्रमा गर्न थालिएको हो ।

यद्यपि, निर्माता ओझाले भने शिल्पासँग सम्बन्ध अव नजोडिने प्रतिक्रिया दिए । ‘शिल्पाले मविरुद्ध अदालतमा डिभोर्स र अंश मुद्दा हाल्नु भएको छ,’ उनले  भने ‘यो विषय अव अदालतले टुङ्गो लगाउँछ ।’ यो बीचमा शिल्पासँग आफूले भेट्न चाहेपनि उनी सम्पर्कमा नआएको उनको भनाइ छ ।

‘केही दिन पहिले शिल्पाको बर्थडेमा म्यासेज पनि गरेको थिएँ । केही बाटो खुलोस् भनेर । तर उनले रेस्पोन्स गरिनन् ’ ओझाले थपे ‘शिल्पा र म सँगसँगै बस्ने भन्ने कुरा अब सम्भव रहेन ।’

हुन त छविविरुद्ध शिल्पाको मुद्दा मात्र होइन । छविलाई उनको पहिलो पत्नी हेमाले पनि बहुबिबाहको उजुरी हालेकी छन् । शिल्पाले अंश दाबी गर्दै सम्बन्धविच्छेद मागेपछि हेमाले छवि र शिल्पा बिरुद्ध बहुबिवाहको मुद्दा हालेकी हुन् ।

उक्त मुद्दाका कारण छबि र शिल्पा विरुद्ध केही पहिले  पक्राउ पुर्जी समेत जारी भएको थियो । जसका कारण केही समय छबि र शिल्पा फरार समेत भएका थिए । अहिले भने छवि अदालतबाट साधारण तारेखमा रिहा भएर सार्वजनिक कार्यक्रममा देखिन थालिसकेका छन् ।

के हेमाको बहुबिवाह उजुरी अहिले पनि चलिरहेको छ । ‘मुद्दा अहिले पनि चलिरहेको छ’ छविले भने ‘पक्राउ पुर्जी जारी भएको थियो । त्यो विभिन्न प्रोसेसबाट अहिले रोकिएको छ । हामीलाई अदालतले बयान लिएर अहिले साधारण तारेखमा छोडेको हो । मुद्दाको फैसला हुन बाँकी छ ।’

छवि र हेमाले २०३८ तिर प्रेम बिवाह गरेका थिए । जव २०४०मा छवि फिल्म लाइनमा लागे । उक्त समय फिल्म लाइनमा हिँड्ने धेरै व्यक्तिले सम्पत्ति सिध्याएका थिए । सोही कारण उनको परिवारमा पनि विवाद भयो र छबिले हेमासँग अंशबन्डा गरेका थिए ।

‘त्यो समय मेरो कमाइ केही थिएन’ छविले भने ‘बुबाको मृत्युपछि दाजुभाइले बाँड्ने क्रममा मेरो नाममा परेको सम्पत्ति हेमा र मैले अंशबन्डा गरेका थियौ ।’ तर सम्बन्धबिच्छेद भएको थिएन । छोराछोरी पनि मैले हेरिरहेको थिएँ ।’

Leave a Reply

Your email address will not be published.