November 28, 2021

Halkhabar kura

Entertainment Site

मन्त्रिपरिषदको निर्णय: सुमार्गीको ‘हेलो नेपाल’सहित तीन टेलिकमका ‘लाइसेन्स’ खारेजीको निर्णय बदर

1 min read

काठमाडौं । सरकारले विभिन्न तीनओटा टेलिकम कम्पनीका अनुमतिपत्र खारेज गर्ने निर्णय बदर गरेको छ । सरकारले व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)सहित वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम र स्मार्ट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) खारेजीको निर्णय बदर गरेको हो ।

मोबाइल सेवाप्रदायक यी कम्पनीले लाइसेन्सको रोयल्टीवापत्को बक्यौता रकम नतिरेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले गएको साउन १३ गते वेबसर्फर र स्मार्टको लाइसेन्स खारेज गर्नेसहितको निर्णय गरेको थियो । त्यस्तै, साउन १७ गते हेलो नेपालको लाइसेन्स खारेजीसहितको निर्णय गरिएको थियो ।

उक्त निर्णय पुनरावलोकनका लागि ती कम्पनीले मन्त्रिपरिषद्मा निवेदन दिएका थिए । मन्त्रिपरिषद्को यही पुस २१ गते बसेको बैठकले प्राधिकरणको सो निर्णय बदर गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले लाइसेन्स खारेजी बदरसँगै उनीहरुले हालसम्म तिर्नुपर्ने साँवा–ब्याजसहितको सबै किसिमको बक्यौता रकम पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालू आर्थिक वर्ष २०७६/७७ को असार मसान्तभित्रै र बाँकी चार किस्ता प्रतिवर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रै बुझाउने गरी समय दिने निर्णयसमेत गरेको छ ।

सोअनुसार निर्धारित् समयावधिभित्रै प्रत्येक किस्ता रकम र कानुनबमोजिम बुझाउनुपर्ने रकम नबुझाएमा अनुमतिपत्र खारेजलगायतका कारबाही हुने निर्णय गरिएको छ । बिहीबार सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । हेलो नेपालका स्वामित्वकर्ता सुमार्गी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालनिकट व्यवसायी हुन् ।

Leave a Reply

Your email address will not be published.