November 28, 2021

Halkhabar kura

Entertainment Site

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

1 min read

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार आज अन्तिम नामावली प्रकाशन हुँदै छ । मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने समय हिजो बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएको थियो । तर कसैले पनि नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ ।

Leave a Reply

Your email address will not be published.