October 19, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा आज थप दुई हजार ५७१जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

1 min read

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको कुल संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लामा आज थप एक हजार ४२८ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौंमा मात्रै एक हजार १३६, ललितपुरमाा २०१ र भक्तपुरमा ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लोपटक कोरोनामुक्त भएर एक हजार ७९८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ५९ हजार ७२४ जना पुगेको छ ।

साथै, पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ । हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published.