October 17, 2021

Halkhabar kura

Entertainment Site

ब’लात्कारीलाई सार्वजनिक ठाउँमा गोली ठोक्ने कानुन बनाऔं : मुख्यमन्त्री राउत

1 min read

अहिले देशैभरि ब’लात्कारका घ’टना बढेका छन् । कैयौं ठाउँमा ब’लात्कारीलाई गाउँमै पञ्चायतीको माध्यमले उन्मुक्ति दिने गरिएको छ । कतै प्रहरीले समातेर मुद्दा चलाए पनि अदालतबाट रिहा हुने गरेका छन् । यसरी ब’लात्कारका घ’टना बढेपछि अपराधीलाई मृ’त्युदण्ड दिनुपर्छ भन्ने माग हुन थालेको छ ।

ब’लात्कारीलाई मृ’त्युदण्ड दिनुपर्छ भन्ने बहस भइरहेकै बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि त्यो बहसमा समर्थन जनाएका छन् । उनी संविधान संशोधन गरेर ब’लात्कारीलाई मृ’त्युदण्ड दिने कानुन बनाउनुपर्ने बताउँछन् ।

राउत भन्छन्, ‘मानवमा पाशविक प्रवृत्ति अत्यधिक बढेको छ । यसबारे बेलैमा नसोचिए हाम्रा छोरीचेलीहरु अझै ब’लात्कृत हुन सक्ने अवस्था आउन लागेको छ । यसबारे गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।’

प्रदेश सरकारले अधिकार नपाएका कारणले पनि अपराधीहरुलाई कडा सजायँ गर्न नसकिएको मुख्यमन्त्री राउतको प्रतिक्रिया छ । संघीय व्यवस्थामा गएपछि पीडितहरुले सीधै आफ्नो आवाज प्रदेश सरकारमा राख्न पाएको उनी बताउँछन् ।

ब’लात्कार गर्नेलाई पर्याप्त सजायँ न’भइरहेको अनुभूति मुख्यमन्त्री राउतले गरेका छन् । ‘जोसँग पैसा छ, केही समय थुनामा बस्छ र उम्किहाल्छ’ राउत भन्छन्, यो भावना ब’लात्कारीमा देखिएको छ । बाँकी जीवन जेलभित्रै सड्नुपर्छ भन्ने डर उसमा आएकै छैन ।’

अहिलेको अवस्थामा अ’पराधीहरु जसरी उन्मुक्ति पाइरहेका छन्, त्यो दुःखद रहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘जहाँ दण्ड छैन, त्यहाँ कानुनको औ’चित्य हुँदैन । प्रहरीले अ’पराधीलाई समातेर ल्याए पनि दण्डित गर्ने किसिमले मुद्दा फायल गर्न सकेनौं भने हाम्रो औ’चित्य के रहन्छ ?’

‘संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाउनुपर्छ’

कडा किसिमको सजायँ भएमात्रै ब’लात्कारका घ’टना कम हुने बताउँदै मुख्यमन्त्री राउतले भने, ‘म त भन्छु– ब’लात्कारी वा ब’लात्कारपछि ह’त्या गर्नेलाई मार्नैपर्छ । अन्यथा, ब’लात्कारका घट’ना भइरहन्छन् ।’

ब’लात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने र मृत्युदण्ड नै दिनुपर्नेमा जोड दिँदै उनले अगाडि भने, ‘यस्ता अ’पराधीलाई त साँच्चिकै सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्छ । संविधान संशोधन गरेर यो व्यवस्था ल्याउनु अति जरुरी छ ।

Leave a Reply

Your email address will not be published.