October 28, 2021

Halkhabar kura

Entertainment Site

नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

1 min read

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता हुन् । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।

यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव समेत नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.