October 17, 2021

Halkhabar kura

Entertainment Site

त्रिपालमुनि बसेर सीमा सुरक्षा गर्दै स’शस्त्र प्रहरी

1 min read

बर्दिया । सीमा सु’रक्षाका लागि खटिएका स’शस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ। बर्दियामा ८ वटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु १/१ वटा निर्माण गर्ने जिल्ला वि’पत् व्यवस्थापन समितिको बैठकले निर्णय गरे अनुसार हाल २ पालिकाले पोष्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य ६ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने क्याम्प निर्माण हुन बाँकी रहेको बताइएको छ।

बर्दियामा रहेका २५ ठाउँमा स्थायी पोष्ट नहुँदा त्रिपालमुनि बसेर सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका प्रहरी उपरीक्षक नवराज राउतले जानकारी दिए।

अहोरात्र रातदिन को’रोनाभा’इसर सँगै जुझ्दै सीमा नाका सुरक्षामा खटिंदा स’मस्या भएको उनको भनाइ छ। बारबर्दिया नगरपालिकाले १० लाखको आर्थिक सहयोगमा गुलरिया नगरपालिका-९ मा सशस्त्रको पोस्ट निर्माण कार्य अघि बढिरहेको छ।

बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा बढैयाताल गाउँपालिका-८ को कण्ठपुर चोकमा पोष्ट निर्माण हुन लागेकाले यतिबेला त्रिपालमुनि बसेर सुरक्षा दिइरहेको उनले बताए ।

यसैबीच सशस्त्र प्रहरीले एक सातामा ३० लाख बराबरको सामान प’क्राउ गरी बर्दियाको गुलरियामा रहेको छोटी भन्सार कार्यालयमा बुझाएको छ। बर्दियामा चोरी तस्करी नि’यन्त्रण अभियानमा स’शस्त्र प्रहरी बल ३१ नम्बर गण सक्रिय रुपमा लागेको छ।

यस आवमा भदौ १७ गतेसम्ममा सशस्त्र प्रहरी बल नेपालको टोलीले चो’री पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको सूर्तीजन्य सामग्रीहरु किराना समान, कपडा, मल, विद्युतीय सामानहरु गरी २९ लाख ६२ हजार ३४ बराबरको समाना पक्राउ गुलरिया छोटी भन्सार कार्यालयमा बुझाएको जानकारी राउतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.