November 29, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाईरसको संक्रमणबाट विश्वभर आठ नेपालीको मृत्यु, एकसय बढी संक्रमित

1 min read

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) का कारण हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको मृत्यु भएको छ । अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको हो । कम्तिमा सय भन्दा संक्रमित छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीनजना निको भई काममा फर्किएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

साउदी अरबमा कोरोनाका कारण ४१ जनाको मृत्यु र २ हजार ९ सय संक्रमित भएका छन् । साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ। साउदीमा दुई लाखभन्दा बढी नेपाली रहेको बताइन्छ ।

यता, तीन दिनअघि अपुष्ट समाचारमा निधन भएको भनिएका निमा टेम्बा शेर्पाको मंगलबार बिहान सवा ५ बजे बजे न्युयोर्कको क्‍विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको छ।

उनको निधन पारिवारिक स्रोतले समेत पुष्टि गरेको छ भने अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले सामाजिक सञ्जालमार्फत बताएका छन् । राजदुत कार्कीले लेखेका छन्

निमा टेम्बा शेर्पाजीको कोराना भाइरसको उपचारका क्रममा निधन भएको ख़बर मित्र फुरी शेर्पाले गर्नुभयो। निमाजीलाई हार्दिक श्रद्धाञ्जलि । अप्रिल ५ बिहान उठ्दा अमेरिकाका धेरै नेपालीले एकैदिन अजय छोचुन, थोक्मे बिष्ट र सोनाम लामालाई गुमाएको खबर सुनेका थिए।

यो नाममा निमाको पनि जोडिएर आएको थियो । सञ्चारमाध्यममा आएको १२ घन्टा बित्न नपाउँदै निमालाई न्यूयोर्क शहरमा भेन्टीलेटरमा राखिएको खबर आएको थियो ।

उनको निधनसँगै कोरोना संक्रमणबाट न्युयोर्कमा निधन हुने नेपाली मूलका मानिसको संख्या पाँच पुगेको छ। करिब ३२ करोड जनसंख्या भएको अमेरिकामा ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यहाँ मर्नेको संख्या करिब १३ हजार पुगेको छ भने २२ हजारभन्दा बढी निको भएका छन्।

Leave a Reply

Your email address will not be published.