November 29, 2021

Halkhabar kura

Entertainment Site

जानीराख्नुस, तिते करेला खानुका यस्ता छन् फाइदाहरु

1 min read

काठमाडौं । खानामा रुचि बढाउँछ । – तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । – खाएको कुरा राम्ररी पचाउँछ । – पेटसफा राख्दछ । – कब्जियत हुन दिँदैन । – पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ । – रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । – मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । – तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । – औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । – साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।

तीतेकरेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । बर्षा याममा हैजा लागेको शङ्का लागेमा अथवा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । – तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ । करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

हरेक खाने कुराहरुले सदैव फाइदा मात्रै गर्दैन। खाने समय र खाने तरिकाको बारेमा राम्रो ज्ञान नहुदा राम्रो हुन्छ भनेर खाएका खाने कुराहरुले हाम्रो स्वास्थ्यलाई हानि गरिरहेको हुन्छन्। त्यस्तै तिते करेलालाई पनि खाने समय र तरिका नजान्दा हानीकारक तत्वको रुपमा रहन सक्छ। तिते करेलाका पनि बेफाइदाहरु छन्।

तीते करेलाको बेफाईदाहरु: गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।

रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ । तीतेकरेलाको बियाँको घेरामा हुने तत्वले साना बालकहरूलाई विषादिको काम गर्छ। व्लड प्रेसर लो गराउछ।

Leave a Reply

Your email address will not be published.